धरान । सञ्चारकर्मी दिलबहादुर राईमाथि कार्याकक्षमा हातपात भएको छ ।
मङ्गलबार राति धरान–१२ चतरालाइनस्थित कार्यालयमा आएका फूर्वा शेर्पाले ढुङ्गा प्रहार गरेका हुन् । शेर्पालाई इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको छ । शेर्पाले आफूलाई पनि ढुङ्गाले हानेका कारण ढुङ्गा प्रहार गरेको प्रहरीलाई बयान दिएको इप्रका धरानका डिएसपी ढुण्डीराज न्यौपानेले बताए । ‘मलाई ढुङ्गाले हान्यो । मैले पनि हानिदिए,’ आरोपित शेर्पाको भनाइ उदृत गर्दै डिएसपी न्यौपानेले भने ।
आक्रमण गर्नुपर्ने स्पष्ट कारण हालसम्म खुल्न सकेको छैन । राईको टाउकोमा चोट लागेको छ भने उनको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।