विराटनगर /  मोरङको ग्रामथान–३ सिद्रहामा गत भदौ १ गते विभत्स तरिकाले हत्या गरिएकी विराटनगर–१३ की २२ वर्षीया शिखा घिमिरेको हत्या गर्ने दिनेश भट्टराईलाई अदालतले आजीवन जन्मकैदको फैसला गरेको छ ।
जिल्ला अदालत मोरङका न्यायधीश नारायणप्रसाद शर्माको इजलासले आजीवन (जिवित) रहेसम्म भट्टराईलाई बिहीबार जन्मकैदको फैसला सुनाएको हो । अदालतले मुलुकी अपराध संहिता २०७४ को दफा १७७(२) बमोजिम जन्मकैदको फैसला गरेको हो । शिखालाई क्रुर यातना दिएर निर्ममतापूर्वक ज्यान मारेकोले जीवित रहेसम्म कैदमा राख्ने फैसला अदालतले गरेको छ । अपराध संहिताको दफा ४१ बमोजिम जीवित रहेसम्म(आजीवन) कैद गर्नसक्ने व्यवस्था रहेको जिल्ला अदालत मोरङका सूचना अधिकारी युवराज पौडेलले जानकारी दिए ।
त्यस्तै अदालतले मुलुकी अपराध संहिताको दफा १८६ बमोजिम मृतकका बुवाआमालाई १ लाख रुपैयाँ क्षतीपूर्ती प्रतिवादीको तर्फबाट भराउने फैसाला पनि गरेको छ ।

यसरी हत्या गरेका थिए
दिनेशले शिखालाई मार्नुअघि किरा मार्ने बिस खुवाए पछि धारिलो हतियार प्रयोग गरि हत्या गरेका थिए । उनले शिखालाई मार्नुअघि किरा मार्ने ‘कमान्डो’ नामक विषादी खुवाएको प्रहरीको अनुसन्धानबाट खुलेको थियो । शिखाको खुट्टामा आएको एलर्जी निको हुन्छ भन्दै दिनेशले आफनै प्रेमीलाई विष सेवन गराएपछि हत्या गरेको उनले बयानको क्रममा प्रहरीलाई बताएका थिए । विष सेवन गरेपछि पेट दुखो भन्दै शिखा छटपटिन थालिन् र त्यसै बेला दिनेशले झोलामा रहेको छुरीले ३÷४ पटक घाँटीमा प्रहार गरि हत्या गरेका थिए । दिनेशले शिखाकोे टाउँको र अनुहारको विभिन्न भागमा पटक–पटक प्रहार गरि घटनास्थलमै हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको थियो ।
इलाका प्रहरी कार्यालय बेलबारीले शिखा हत्या मुद्दा सरकारी वकिलको कार्यालय मार्फत अदालतमा मुद्दा दर्ता गरेपछि गत भदौ २७ गते दिनेशलाई पुर्पक्षमा राख्न आदेश दिएको थियो । नयाँ जारी फौजदारी अपराध संहिता ०७४ अनुसार क्रुर र विभत्स तरिकाले हत्या गर्नेलाई आजीवन काराबासको व्यवस्था छ ।

अघिल्लो रात हत्याको योजना
शिखा र दिनेशनै डिपेन्डेन भिषामा अस्ट्रेलिया जाने तयारीमा थिए । तर, दिनेश डिप्रेसनको बिरामी भएर नियमित औषधी खादै आएका थिए । अस्ट्रेलियाको भिसा नआएसम्म शिखाले काठमाडौंमा बसेर एक महिना ब्युटिपार्लरको तालिम लिने पारिवारिक सल्लाह भए अनुसार भदौ २ गते शनिबार उनी काठमाडौं जाने तयारीमा जुटेकी थिइन् । त्यसको लागि दिनेशले साउन ३१ गते शिखाको काठमाण्डौ जान भदौ २ गतेको लागि माइक्रो बसको टिकट काटिदिए । काठमाण्डौ जाने टिकट काटेको रात मनमा धेरै कुरा खेलपछि शिखाको हत्या गर्ने योजना बुने । आफुसाथमा हुँदा त संकास्पद व्यवहार देखाउने शिखाले काठमाण्डौमा बस्दा के गर्ला, अस्टे«लिया गएपछि धोका दिइन भने आफू बर्बाद हुने र लगानी गरेको पैसाँ नास हुने भयले भदौ ३१ गते राती हत्या गर्ने योजना बुनेका थिए । अत्यन्त एकान्त स्थान ग्रामथान—३, सिद्राहा टोलभन्दा सय मिटर उत्तर सुनसरी– मोरङ सिँचाइ आयोजनाको नहरको डिलमा पु¥याएर शिखाको पनि हत्या गर्ने र आफू पनि आत्महत्या गर्ने योजना बनाएको थिए ।