विराटनगर । मोरङको ग्रामथान – ३ सिद्रहामा भदौ १ गते विभत्स हत्या गरिएकी विराटनगर – १३ की २२ वर्षीया शिखा घिमिरेको हत्या आरोपी दिनेश भट्टराईले मार्नुअघि किरा मार्ने बिस खुवाएको खुलेको छ । उनले प्रहरीलाई दिएको बयान अनुसार मार्नुअघि किरा मार्ने ‘कमान्डो’ नामक विषादी खुवाएको खुलेको हो । शिखाको खुट्टामा आएको एलर्जी निको हुन्छ भन्दै हत्याको आरोपी दिनेशले आफनै प्रेमीलाई विष सेवान गराएपछि हत्या गरेको उनले दिएको बयानमा उल्लेख छ । ‘लामो समयदेखि शिखाको खुट्टामा एलर्जी आएको थियो,’ उनले प्रहरीलाई दिएको बयानमा भनिएको छ,’ यो औषधी सेवन गरे ठिक हुन्छ । शिखाले मैले दिएको कमाण्डौ नामक विषादी स्वीकर गरेर खाइन् । केही बेरमा पेट दुखो भन्दै छटपटिन थालिन् ।’ छटपटीन थालेपछि आफनो झोला रहेको छुरीले ३÷४ पटक घाँटीमा घोच्दा प्रतिकार गर्न खोजिन् । बचाउ भन्दै चिच्याउन थालेपछि दाउँले निजको टाउँको र अनुहारको विभिन्न भागमा पटक–पटक प्रहर गरि घटनास्थलमै कर्तब्य गरेको उनले प्रहरीललाई दिएको बयानमा उल्लेख छ । दिनेशले हत्या गर्ने योजना बनाउँदा भन्दा एक दिन अगाडी बजारबाट कमाण्डौ नामक विष किनेर झोलामा हालेका उनले प्रहरीलाई बताएका छन् ।

काठमाण्डौ जाने अघिल्लो रात हत्याको योजना बुने शिखा र दिनेशनै डिपेन्डेन भिषामा अस्ट्रेलिया जाने तयारीमा थिए । तर, दिनेश डिप्रेसनको बिरामी भएर नियमित औषधी खादै आएका थिए । अस्ट्रेलियाको भिसा नआएसम्म शिखाले काठमाडौंमा बसेर एक महिना ब्युटिपार्लरको तालिम लिने पारिवारिक सल्लाह भएअनुसार भदौ २ गते शनिबार उनी काठमाडौं जाने तयारीमा जुटेकी थिइन् । त्यसको लागि दिनेशले साउन ३१ गते शिखाको काठमाण्डौ जान भदौ २ गतेको लागि माइक्रो बसको टिकट काटिदिए । काठमाण्डौ जाने टिकट काटेको रात मनमा धेरै कुरा खेलपछि शिखाको हत्या गर्ने योजना बुने । आफुसाथमा हुँदा त संकास्पद व्यवहार देखाउने शिखाले काठमाण्डौमा बस्दा के गर्ला, अस्टेलिया गएपछि धोका दिइन भने आफू बर्बाद हुने र लगानी गरेको पैसाँ नास हुने भएको भदौ ३१ गते राती हत्या गर्ने योजना बुनेका थिए । अत्यमा एकान्त स्थान ग्रामथान—३, सिद्राहा टोलभन्दा सय मिटर उत्तर सुनसरी– मोरङ सिँचाइ आयोजनाको नहरको डिलमा पुयाएर शिखाको पनि हत्या गर्ने र आफू पनि आत्महत्या गर्ने योजना बनाएको थिए ।

अदालतमा मंगलबार मुद्दा दायर हुँदै ईलाका प्रहरी कार्यालय बेलबारीले शिखा हत्या मुद्दाको मिसिल जिल्ला अदालत मोरङलाई बुझाएपछि आज मंगलबार मुद्दा दायर हुने भएको छ । जिल्ला सरकारी वकिलको कार्यालय विराटनगरले अभियोगपत्र तयार पारी अदालतमा मुद्दा दायर गर्ने भएको हो । ३० वर्षिय दिनेश भट्टराईलाई प्रतिवादी बनाएर सरकारी वकिलको कार्यालयले मुद्दा दायर गर्ने भएको बताइएको छ । इप्रका बेलबारीले २५ दिनसम्म इराजसमा राखी अनुसन्धानपछि मिसलको प्रतिवेदन सरकारी वकिलको कार्यालयमा पेश गरेको हो । सरकारी वकिलको कार्यालयले भट्टराईलाई मुलुकी अपराध (संहिता) ऐन, २०७४ को दफा १७७ को उपदफा १ बमोजिमको कसुरमा ऐ.ऐनको दफा १७७ को उपदफा २ बमोजिम जन्मकैदको सजाय गर्न मागदाबी गरेको छ । नयाँ जारी फौजदारी अपराध संहिता ०७४ अनुसार क्रुर र वीभत्स तरिकाले हत्या गर्नेलाई आजीवन कारबासको व्यवस्था छ ।