धनकुटा / प्रदेश सरकारलाई नाम र राजधानीको लागी प्रदेशसभामा रसाकस्सी परिरहेको वेला धनकुटालाई १ नम्वर प्रदेशको राजधानी बनाउन प्रदेश सांसदहरुलाई मदतान गर्न अनुरोध गरेका छन् । उनीहरुले विहिवार धनकुटामा प्रचारात्मक ¥याली र अन्र्तक्रिया कार्यक्रमको आयोजना गरे ।
१ नम्वर प्रदेशको राजधानी धनकुटालाई बनाउन प्रदेश सभाका सम्पूर्ण ९३ जान सांसदहरुलाई प्रदेश नम्वर १ को राजधानी सम्पूर्ण हिसावले ज्यादै उपयुक्त रहेकोले धनकुटको पक्षमा मतदान गर्न आग्रह गरे ।
प्रचारात्मक ¥याली पछि पत्रकार महासंघ धनकुटाको संचार हलमा धनकुटा प्रादेशिक राजधानी परिचालन समितिका संयोजक सुन्दरबाबु श्रेष्ठको अध्यक्षतमा भएको अन्र्तक्रिया कार्यक्रमम धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष उमेश घिमिरे, उपाध्यक्ष सिताराम श्रेष्ठ, मनकुमारी तितुङ्क, नेपाल पत्रकार महासंघ धनकुटका अध्यक्ष राजेश्वरवहादुर श्रेष्ठ, घरेलु तथा साना उद्योग महासंघ धनकुटका अध्यक्ष विजय सन्तोषी राई, अभियान्त सुजनभाई जोशी, नेपाल भूतपूर्व सैनिक संघ धनकुटका अध्यक्ष धनवहादुर खड्का, धनकुटा नगरपालिका वडा नं. ४ का वडाध्यक्ष होम प्रसाद अधिकारीलगायतले धनकुटालाई राजधानी बनाउन प्रदेश सभाका सांसदलाई आग्रह गर्दै अभियान सशक्त बनाउदै जानु पर्नेमा जोड दिए ।
धनकुटा प्रादेशिक राजधानी अभियान समितिले बैसाख २१ गते धनकुटामा धनकुटालाई प्रादेशिक राजधानी बनाउनका लागी प्रदेश सभाका सांसदलाई खवरदारी गर्ने कार्यक्रमा तय गरेको छ ।