रङ्गेली  । दुई तिहाई बहुमतको प्रदेश १ सरकारले स्थयी राजधानी र नामाङकन किनारा लगाउन निक्कै कसरत गर्नु परेको छ । नेकपाका सांसदहरुको धारणा एक नहुदा प्रदेश १ को नाम र राजधानीको विषय किनारा लाग्न सकेको छैन । बुधबार देखि विराटनगरमा बसेको नेकपा प्रदेश कमिटिले यसलाई अन्तिम टुङ्गोमा पु¥याउन सकेको छैन ।
नेकपाका प्रदेश कमिटिका पदाधिकारीेले बुधाबार प्रदेशमा उपलब्ध केन्दिय सदस्य सँग छलफल गरेको थियो । उक्त छलफलबाट पनि अन्तिम निष्कर्षमा भने पुग्न सकेन । बिहिबार पदाधिकारीहरुले प्रदेशका सांसदहरु सँग छलफल गरेका छन् । छलफलमा सांसहरुले फरक फरक धारण प्रस्तुत गरेको पाइएको छ । प्रदेशको राजधानीको विषयमा पनि उनीहरुको फरक फरक धारणा राखेका छन् ।
प्रदेशको नामको तुलनामा राजधानिका लागी भने विवाद देखिएको कम छ । प्रदेशको नाम सगरमाथामा विवादभए चोमोलोङवा समेत राख्न प्रस्ताव गरिएको छलफलमा सहभागि सांसदले बताए । अञ्चल अनुसार सांसदहरुको समुह बनाएर छलफल भएको थियो । बिहीबारको बैठकमा नेकपा प्रदेश १ का कमिटी इन्चार्ज भीम अचार्य, सहइन्चार्ज सावित्री कुमार काफ्ले, अध्यक्ष देवराज घिमिरे, सचिव सुरेश राई, संसदीय दलका नेता तथा मुख्यमन्त्री शेरधन राईले सांसदहरु सँग परामर्श गरेका थिए ।

यता सर्व दलिय बैठकमा सहभागि सांसदहरुले राजधानी भन्दा नामको विषय झनै जटिल बन्ने दैदिएको बताएका छन् । सहमतिको अधारमा प्रदेशको नाम र राजधानिको विषय टुङ्याउने भने पनि नाममा सर्वसम्मत हुने सम्भावना कम हुदै गएको छ । राजधानिको विषयमा विवाद कम भए पनि नामको लागी सहमति प्रयास भइरहेको सर्वदलिय बैठक पछि संघिय लोकतान्त्रिक मन्चकी सांसद विष्णु माया तुम्बहामफेले बताइन । उनले राजधानी विराटनगर कायम हुने बताइन । ‘बैठकमा राजधानिको विषयमा केन्द्ति भएर छलफल भयो ’ उनले भनिन ‘ सहमतिमा नाम र राजधानी एकै पटक प्रस्ताव गर्ने हुदै नभए राजधानिको मात्र प्रस्ताव लैजाने तयारी भएको छ ।’ सर्वदलिय बैठकमा सहभागि नेपाली काग्रेसका प्रमुख सचेतक केदार कार्कीले सहमति मै टुङ्याउने प्रयासमा सरकार देखिएको बताए ।
प्रस्ताव दर्ता भएनन
प्रदेश सभाले प्रदेश १ को स्थायी राजधानी र नामका लागी आवाहान गरे पनि कुनै दर्ता भएन । प्रदेश सभा सचिवालयले सुचना टास गरि फेरी २२ गते सम्मको लागी सांसदहरुलाई नाम र स्थायी राजधानीको लागी आवाहान गरेको छ ।
दुइतिहाइ बुहुमत रहेको नेकपाको सरकारले स्थायी नाम र राजधानीको किनारा लगाउन नसक्दा अनिर्णयको अवस्था सृजना भएको छ । विहिबार नै बस्ने भनिएको नेकपा संसदिय दलको बैठक समेत स्थगीत भएको छ । यता नेकपाको धारणाको पखाईमा रहेको नेपाली काग्रेसले पनि संसदिय दलको बैठक विहिबारलाई डाकेको थियो । उसले पनि नेकपाको आदिकारीक धारण नखाए पछि बैठक स्थगित गरेको छ ।
त्यस्तै नेकपाले नाम र राजधानिको विषय टुङ्गो लगाउन नसक्दा प्रदेश सभाको नियमित बैठक समेत प्रभावित भएको छ । प्रदेश सभा सचिवालयले विहिबारको लागी बोलाएको प्रदेश सभा बैठक आइतबार २२ गते सम्मकोलागी स्थगित भएको छ । प्रदेश सभाव सचिवालयले सुचना निकालेर विषेश कारण देखाउदै प्रदेश सभाको बैठक स्थागित भएको जानकारी गराएको थियो ।