धरान  / ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका– ६ स्थित डडुवाडाँडामा जीप दुर्घटना भएको छ । दुर्घटनामा ६ जनाको ज्यान गएको प्रहरीले जनाएको छ । अन्य तीन घाइते भएका छन् ।

सोलुखुम्वुको सोलुगुम्बाबाट काठमाडौं जाँदै गरेको बा१६च २२०७ नम्वरको स्कोरपियो मानेभञ्ज्याङ–६ स्थित सडकबाट ५ सय मिटर तल पिपल खोलामा खसेको हर्कपुर प्रहरी चौकीले जनाएको छ ।दुर्घटना आज विहान भएको हो । घाइतेलाई उपचारका लागि काठमाडौं लगिएको छ ।
मृतकको सनाखत नभइसकेकाले नाम ठेगना खुलेको छैन् । मृतक मध्ये चार पुरुष र दुई महिला भएको स्थानीयले बताएका छन् ।