कुरा २०५४/०५५ सालको हो स्वर्गीय खेमराज गुरुङको ‘वारि जमुना पारि जमुना’ लोकलयको गीत ज्यादै चर्चित र लोकप्रिय थियो । गीतमा आÏनै लोक भाका स्वर सङ्गीतको राम्रो संयोजन भएकाले जाँड धोकेर खुट्टा बाङ्गिएकादेखि लिएर महिला भद्रभलाद्मी पुरेत बाजेहरू जो कोही पनि त्यो गीत बजेपछि एक पटक कम्मर मर्काइ हाल्थे । गीतको स्वर, सङ्गीत लय राम्रो भएकाले गीतमा प्रयोग भएका शब्दहरूतर्फ कसैको ध्यान गएको थिएन ।

त्यस बेला २०४६ सालको जनआन्दोलनको सफलतापछि राजनीतिक दलहरू खुल्ला भएर दुई पटक संसदीय र स्थानीय निर्वाचन पनि सम्पन्न भइसकेको थियो । राजतन्त्रसहितको बहुदलीय व्यवस्था रहेकाले केही राजनीतिक परिवर्तन र अधिकार प्राप्त भएको थियो । त्यसैले त्यो बेला हिजोसम्म दलित अछुत भनिएका समुदाय महिला अल्पसङ्ख्यक जातिहरूले आÏनो हक अधिकार र न्याय समानताको खोजी गर्ने चेतना आन्दोलनले विकासित गरिसकेको थियो ।

त्यसैको परिणाम स्वरुप दलित समुदायले गीतमा प्रयोग भएका शब्दहरू केलाउन खोज्न थाले त्यहाँ ‘पोडे होला चमार होला तिम्रै माया लाग्छ’ भन्ने शब्दहरूले दलित अछूत भनिएका समुदायको अपमान भएको हेयदृष्टिले गीत–सङ्गीतको सिर्जना गरिएको भन्ने आवाज उठेपछि स्वर्गीय खेमराज गुरुङको कला र सिर्जना विवादमा पर्यो । उनले अपमान गरिएको समुदायको न्यायका लागि गीतमा परेका शब्द सच्याउने प्रतिबद्धता गरेपछि विवाद साम्य भयो । यसरी लय, स्वर, सङ्गीत सबै उत्कृष्ट हुँदाहुँदै पनि परिवर्तित राजनीतिक सामाजिक परिवर्तनलाई सुन्ने बुझ्ने चेत नहुँदा वा दलित उत्पीडित जाति, वर्ग, समुदायलाई हेर्ने बुझ्ने दृष्टिकोण र राजनीतिको चिन्तन नहुँदा खेमराजको सिर्जना विवादमा प¥यो । यसरी स्थानीय र लोकप्रिय कलाकारको सिर्जना विवादमा पर्दा हामी स्रष्टाप्रति सहानुभूति राख्ने पाठक स्रोताहरूका लागि पनि दुःख लाग्यो ।

अहिले उपभोक्तावादी युगमा गीत–सङ्गीत, कला, साहित्य फगत मनोरञ्जनका लागिजस्तो देखिन्छन् र हुन्छन् तर वास्तवमा कला, साहित्य, सङ्गीतले मनोरञ्जनमात्र होइन राष्ट्र, राष्ट्रियता, उत्पीडित जाति, समुदायप्रति न्याय गर्न सक्नु पर्दछ गौरव र अपनत्व गर्न सक्नु पर्दछ । सामान्यतया विश्वास गर्ने र पत्याउने आधार हुनु पर्दछ । २०७२ सालको भूकम्पमा जनधन गुमाएर राष्ट्र, जनता शोकमा डुबेको बेला सायद पशुपति शर्मा मार्काकै कलाकारहरू होलान् आधा राहत कुहिएर गयो आधा राहत नेतालाई भयो भन्ने हावादारी गीत गाएर टेलिभिनजको स्क्रिनमा नाच्दै थिए । तर उनीहरूले न त आधा राहत कुहिएर गएको प्रमाण दिए नत आधा राहत नेताले खाएको प्रमाण दिए साँच्चै आधा राहत कुहिएर गएको भए र आधा राहत नेताले खाएको भए भूकम्प पीडितले के पाउँथे होला ? यस्ता हावादारी गीतहरू केही समय मनोरञ्जन गर्नका लागि हुन्छन् । तर स्रोता पाठक र दर्शकले पत्याउञ्जेलमात्र हुन्छ । यस्तै हावादारी भनेका कुराको केही प्रमाण पु¥याउनु नपर्ने गीत–सङ्गीत केही समय लोकप्रिय हुन्छन् अनि हराउँछन् ।

अहिले लोक गायक पशुपति शर्माको ‘लुट्न सके लुट् कान्छा लुट्न सके अरु देशमा पाइँदैन नेपालमै छ छुट’ बोलको गीत निकै चर्चामा रहेको छ । पुँजीवादी उपभोक्तावादी कला, साहित्यहरू आÏनो वर्गको सेवा गर्ने भँडुवा चरित्रकै हुन्छन् । उनीहरूलाई क्षणिक मनोरञ्जन र आÏनो व्यापार चल्यो भने पुगिहाल्छ । आÏनो कला, साहित्य सिर्जनाले राष्ट्र समाज समुदाय वर्तमान र भावी पुस्तालाई कस्तो सन्देश दिन्छन् । कस्तो प्रभाव पार्दछ । त्योसँग कुनै मतलव हुँदैन यो पुँजीवादी छाडा संस्कृतिको स्वभाव र चरित्र नै हो ।

पशुपति शर्माको गीतले केही समयका लागि अन्तर्राष्ट्रिय जगतमा राष्ट्रको बदनाम गराएको छ । राष्ट्र निर्माणको मूल आधार र शक्ति भनिएका युवा पुस्तालाई श्रम, सीप उत्पादनमा लाग्नुपर्छ भन्नुको साटो ‘यहाँ जे गर्दा पनि हुन्छ’ भन्ने अराजक प्रवृत्तितर्फ उत्प्रेरित गरेको छ । युवा र भावी पुस्तालाई परिश्रम गर्न मानवीय चरित्रको निमार्ण गर्न सिकाउने त्यस्तो सन्देस दिने सिर्जना हुनु पर्नेमा आÏनो सिर्जनाको व्यापार गर्नका लागि उनले यस्तो गैरजिम्मेवार गीत गाएका हुन् । यसले केही आत्मा भड्किएका हावादारीहरूलाई केही समय मनोरञ्जन दिन्छ त्यसपछि यस्ता हावादारी गीतहरू हराउँछ ।

जब उपभोक्ताहरूले यो फगत व्यापारका लागि गरिएको सामान्य तथ्यमा पनि आधारित सिर्जना होइन भन्ने बुझ्छन् । त्यसपछि यस्ता सिर्जनाले सामान्य व्यापार पनि गर्दैनन् तब पशुपति शर्माहरूका गीतहरू हराउँछन् । जब मान्छेहरू स्वयम् चेतनशील हुन्छन् त्यसपछि यस्तो भ्रमको सिर्जनाले व्यापार गर्नेहरू स्वयम् सत्य खोज्न थाल्नेछन् । त्यसका लागि पशुपतिले कि दुई चार प्रमाण पेश गर्नु प¥यो । नत्र भविष्यमा भ्रमको खेती बन्द हुन्छ ।