धरान /  बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति डा.राजकुमार रौनियारलाई पदबाट नहटाउन सर्वोच्च अदालतले आज अन्तरिम आदेश जारी गरेको छ ।

आज सर्वोच्चका प्रधानन्यायाधिश चोलेन्द्र शम्सेर जबरा र न्यायाधिश मीरा खड्काको संयुक्त इजलाशले रौनियारको पक्षमा अन्तरिम आदेश जारी गरेको हो । पक्ष विपक्षलाई आज अदालतले छलफलका लागि बोलाएको थियो ।
सरकारले गत फागुन २६ गतेर पदबाट हटाउन गरेको निर्णयको कारण देखाउ आदेश जारी गर्दै फागुन २६ को निर्णय कार्यन्वयन नगर्न तथा नगराउन आदेश जारी गरेको हो । यस अघि चैत ४ गते प्रकाशमान राउतको इजलासले अल्पकालिन आन्तरिम आदेश जारी गर्दै दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो । 

गत फागुन १७ गतेको सिनेट बैठकले उनलाई पदमुक्त गर्ने निर्णय गरे पछि उनले सर्वोच्चमा मुद्धा दर्ता गरेका थिए ।