धरान / गत फागुन १७ गतेको सिनेट बैठकले गरेको निर्णयलाई सदर गर्दै कुलपति तथा प्रधानमिन्त्र केपी ओलीले प्राडा राजकुमार रौनियारलाई उपकुलपतिबाट हटाए पछि पहिलो पटक बीपी कोइराला स्वास्थय विज्ञान प्रतिष्ठान धरान आएका स्वास्थ्य मन्त्रि उपेन्द्र यादवलाई अाज केही कर्मचारीहरुले खादा , माला र फुलको गुच्छाले स्वागत गरे । तर केही कर्मचारीहरुले कालो पट्टी बाधेर विरोध जनाए ।
कर्मचारी कल्याण समाजका अध्यक्ष सुजेन्द्र तामाङको नेतृत्वमा फुलको गुच्छाले स्वागत गरियो । यता कर्मचारी कल्याण समाज तदर्थ समितिको अध्यक्ष राजन कोइरालाको नेतृत्वमा कालोपट्टी देखाएर विरोध गरियो । कोइराला समुहले उपकुलपतिलाई मन्त्रि यादवले एकलौटी रुपमा हटाएको र प्रतिष्ठानलाई अस्थव्यस्थ बनाएको आरोप छ । यता समाजले मन्त्रिको निर्णयलाई स्वागत गरेको छ । यि समानान्तर समिति प्रतिष्ठानमा भएका कर्मचारीहरुको हितका लागि गठन भएका समिति हुन् । यहाँका कर्मचारी दुई समयमा भएको आजको विरोध र स्वागतको दृष्यले प्रष्ट पारेको छ ।

यता मन्त्रि परिर्वतन हुने वितिकै स्वास्थ्यमन्त्रिहरूले प्रतिष्ठानलाई प्रयोगशाला बनाएको भन्दैं मन्त्रिहरूले आफ्नो अभिष्ट पुरा गर्न फोहोरी खेल अव पनि नखेलियोस भन्दै धरान उपमहानगरपालिका वडा नं १८ का वडा अध्यक्ष प्रविण राईको नेतृत्वमा बीपी प्रतिष्ठान गेट बाहिर प्रर्दशन गरिएको थियो । विभिन्न प्लेकार्डसहित करिव २ सयको संख्यामा वडावासीह?ले प्रतिष्ठानमा भएको अनियमितता, ढिलासुस्ती तथा मन्त्रिह?ले बार्गेनिङ गरेर पदाधिकारी नियुक्ति गर्ने धन्दा अन्त्य गर्न यस्तो दवाव कार्यक्रम गरिएको वडा अध्यक्ष प्रविण राईले जानकारी दिए ।