धरान / धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लामो समयदेखि प्रशासनिक एवम् व्यवस्थापकीय अन्यौलता र असहज परिस्थितिवाट गुज्रिरहेको भन्दैं प्रतिष्ठान कर्मचारी कल्याण समाजले निकास दिन कुसलपति तथा सहकुलपति समक्ष अपिल गरेको छ ।

भ्रष्टचार, अनियमितता, गुणस्तरहीन सेवाका कारण प्रतिष्ठान विवादीत बन्दै यहाँका पदाधिकारी एवम् कार्यकारीणी समितिका सदस्यहरु वीच नै आपसी सहकार्य र मेलमिलाप नहुदा प्रतिष्ठानको सेवा तथा शैक्षिक कार्यक्रममा अन्यौलता आएको मंगलबार विज्ञप्ति जारी गरि समाजले जनाएको छ । व्यक्तिगत स्वार्थपूर्तिका लागि शिक्षक, कर्मचारी र विद्यार्थीहरुमा समेत गुटबन्दी सिर्जना गरी प्रतिष्ठानलाई अराजकतातर्फ लैजाने जस्ता कार्यहरु रोक्न सहकुलपति तथा स्वास्थ्य मन्त्रि उपेन्द्र यादव, कुलपति तथा प्रधानमन्त्रि केपी ओलीलाई ध्यानाकर्षण गरिएको छ ।
समाजका अध्यक्ष सुजेन्द्र तामाङ र कार्यकबहाक महासचिव जमुनादेवि भूर्तेलले सयुक्त रुपमा जारी गरेको अपिलमा गत फागुन १६ र १७ गते बसेको प्रतिष्ठानको ४२औं संचालक परिषदको बैठकले उपकुलपति प्राडा रौनियारलाई पदमुक्त गर्ने निर्णय गरी कुलपति समक्ष पेश गरेको एक सातासम्म पनि कुनै निर्णय सार्वजनिक नगरेर प्रतिष्ठानलाई अनिर्णय को बन्दी बनाइएको बताएका छन् ।
उनीहरुले प्रतिष्ठानको संचालक परिषदको निर्णय तत्काल सार्वजनिक गरिनु पर्ने, प्रतिष्ठानभित्र निरन्तर भईरहेको बाह््य हस्तक्षेपको अन्त्य गरी शिक्षक, कर्मचारी, विद्यार्थी र विरामीहरुलाई सुरक्षाको प्रत्याभूति दिलाइनु पर्ने, प्रतिष्ठान व्यवस्थापनकै संरक्षणमा सञ्चालित गुटहरुको अराजक गतिविधिको अन्त्य गर्नु पर्ने तथा समाजले लामो समयदेखि कर्मचारीहरु तथा प्रतिष्ठानको हितमा राख्र्दै आएका जायज मागहरु तत्काल पूरा गर्न भनिएको छ ।

bp_karmachari copy