धरानस्थित बीपी प्रतिष्ठानले प्रदान गर्ने सेवाको गुणस्तरमा आएको ह््रास तथा अव्यवस्थाकोवारे उप महानगर पालिकाको चौथो नगर सभामा सभासदहरुबाट असन्तुष्टि र गुनासा आएकाले नगर सभाले सम्बन्धित निकायमा ध्यानाकर्षण गराउने निर्णय गरेको विषयमा समेत सिनेटर तथा कार्यबहाक मेयर म१जु भण्डारीले सिनेटमा प्रस्तुत गरेकी थिइन । उनले १२ बुधे सुधारका विषय उठान गरेकी थिइन । उनले आज भएको सिनेट बैठकमा विशेष समय मागेर बोल्दै प्रतिष्ठान सुधार गर्न सुझाव दिइएकी छन् ।
यस्ता छन् कार्यबहायक मेयरले प्रतिष्ठान सुधारका लागि राखेका बुदाहरु

१) धरान उपमहानगर पालिका भित्रका विपन्न नागरीक हरुको उप महानगर पालिकाको सिफारीसका आधारमा निःशुल्क उपचारको व्यवस्था गरिनु पर्छ ।
२) एमविविएस र विडिएस अध्ययनका लागि धरानका लागि न्यूनतम ५ प्रतिशत सिट सुःनिश्चित गरिनु पर्छ । 
३) सघन उपचार कक्ष विस्तार गरी न्यूनतम ६० शैया पुर्याउनु पर्छ ।
४) वाल वालिकाको सघन उपचार कक्ष विस्तार गरी न्यूनतम २५ शैया पुर्याउनु पर्छ । प्रतिष्ठानको वार्षिक कार्य सूचि भित्र समावेश गरी धरान उप महानगर पालिकाका विपन्न र ग्रामीण ईलाकामा वार्षिक न्यूनतम २ निःशुल्क वटा मेघा हेल्थ क्याम्प सञ्चालन गर्नु पर्छ ।
५) लामो समय नगर पालिकाको संरक्षण र उपभोगमा रहेको छाता चौकमा रहेको जमिन उपमहानगर पालिका सँगको समन्वयमा दुई पक्षिय लाभका आधारमा उपयोग गरिनु पर्छ । 
६) खण्डहर अवस्थामा रहेको एमसिएच भवन अविलम्व निर्माण पूरा गरी सञ्चालनमा ल्याउनु पर्छ 
७) लगत ईष्टिमेट भई सूचना निकालेर रद्द गरेको क्यान्सर अस्पताल र मुटु रोग अस्पताल विस्तार गर्ने कार्य अविलम्ब आरम्भ गरिनु पर्छ ।
८) अस्पतालको गुणस्तरीय सेवाका लागि आकस्मिक उपचार कक्ष अविलम्ब व्यवस्थित गरिनु पर्छ ।
९) विवादका कारण २ वर्ष देखि खरीद क्रममा रोकीएको एम आर आई मेसिनको विषय निरुपण गरी एम आर आई सेवा व्यवस्थित रुपमा सुचारु गर्नु पर्छ ।
१०) प्रतिष्ठानको विशेषज्ञ सेवालाई सामुदायिक प्रणाली अन्तर्गत प्रदेश भरी पुर्याउनु पर्छ ।
११) प्रतिष्ठान सञ्चालन ऐन र नियमावलि समयानुकुल संशोधन गरिनु पर्छ ।
१२) अव प्रतिष्ठानलाई समयको माग अनुकुल प्रतिष्ठित संस्थानका रुपमा स्थापित गर्न , गर्व गर्न लायकको स्वास्थ्य शैक्षिक संस्था, भरोसा योग्य अष्पतालको पहिचान वनाउन वर्तमानको अव्यवस्थाबाट अविलम्ब मुक्त गर्नु पर्छ ।


मञ्जु भण्डारी (सुबेदी)
सञ्चालक परिषद सदस्य
कार्यवाहक प्रमुख धरान उप महानगर पालिका