धरान / धरान ६ पानवारी स्थित प्रहरी चौकीले खैरो हेरोइनसहित तीन जनालाई आज पक्राउ गरेको छ । पानबारीबाट खटिएको गस्ती टोलीले जिल्ला धरान ६ बोर्डिङ चोक सडक खण्डमा पूर्वबाट आईरहेको को २५ प ९५०९ नं को स्कुटर र को १ प ९९ ३६ नं को मोटरसाईकल रोकी खानतलासी गर्दा ८२० मिलीग्राम खैरो हेरोइन फेला परेको हो ।

स्कुटर चालक धरान ६ बस्ने बर्ष ३० को निराजन थापा, धरान १५ बस्ने बर्ष २४ को संजोग थापा र मोटर साईकलमा सवार धरान ६ बस्ने बर्ष २९ को सुमन परियारलाई प्रहरीले नियन्त्रणमा लिएको छ । स्कुटर चालक निराजन थापालको साथबाट खैरोहिरोइन ८२० मिलिग्राम फेला परेको प्रहरीले जनाएको छ । , उक्त खैरो हेरोइनको कारोवारमा तिनै जनाको संलग्नता देखिएको कारण निजहरुलाई पक्राउ गरी लागु औषध ओसार पसारमा प्रयोग ऐन अन्तगृत कारवाही अघि बढाइएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी सुमनकुमार तिम्सिनाले जानकारी दिए । उनीहरुलाई विहानको समयमा पक्राउ गरिएको हो ।
धरानको प्रवेशद्वार तीनकुने नाका कटाउने उनीहरु पानवारी हुदै धरान बजार प्रवेश गर्न लाग्दा प्रहरीले संका लागि चेकजाच गरेको थियो ।

लागु औषध इन्जेक्सनहरु सहित १ जना पक्राउ

यसै गरि धरान १८ स्थित शिव मार्गबाट संकास्पद अवस्थामा कागजको झोला बोकी हिँडी रहेका धरान १८ बस्ने बर्ष २२ को सुनिल साहीलाई पनि प्रहरीले हिजो राती पक्राउ गरेको छ । उनको शरीर तथा झोला चेक जाँच गर्दा निजले बोकेको झोलामा लागु औषध डाईजेलाब २८ एम्पुल, लुपिजेसिक २८ एम्पुल र एभिल २८ एम्पुल फेला परी निज सुनिल साहीलाई पक्राउ गरी लागु औषध मुद्धामा म्याद थप गरी अनुसन्धान भई रहेको । प्रहरीले जनाएको छ ।