काठमाडौं। दुई बर्षअघि इन्टरनेशन डेभलपमेन्ट बैंक नेपाल क्रेडिट एण्ड कमर्स (एनसिसी) बैंकमा मर्जर भयो। त्यस बेकका सिइयो राजाराम खड्का थिए । बैंक मर्ज भए पछि राजिनाम दिएर उनी एकाएक हराएका थिए ।


नबिल, एनआइसी एशिया, एभरेष्टलगायतका बैंकमा २० बर्षे वितिय ज्ञान आर्जेका खड्का पलायन हुनु सुखद खवर होइन ।

तर दुई बर्षपछि उनले आफु उद्योग तिर लागेको जनाउ दिए । उनले शुभलक्ष्मी सिमेन्ट उद्योग प्रालि कपिलवस्तुमा स्थापना गरेका छन् । उद्योगबाट बाट उत्पादित  गरिमा गोल्ड ओपिसी र गरिमा पिपिसी सिमेन्ट उत्पादन हुदै आएको छ ।

दुई बर्षको अन्तरालमा उनको परिचय उद्योगीका रुपमा रुपान्तरण भएको छ । उनी यस कम्पनिका प्रबन्ध निर्देशक छन्।

पाँच जनाको समूह मिलेर दुई बर्षअघि कपिलवस्तुको चन्द्रौटामा उद्योगको पूर्वाधार निर्माण सुरु गरिएको थियो । उद्योगका अरु सञ्चालक निर्माणसँग सम्वन्धित व्यवसायमा आवद्ध व्यवसायी छन्। उद्योगको चेयरम्यान रामकुमार थापा रहेको बताइएको छ । उनी गौरी पार्वती निर्माण सेवाका समेत अध्यक्ष हुन्।

कपिलवस्तुको चन्द्रौटामा ११ विघा जमिनमा स्थापित उद्योगबाट सिमेन्ट उत्पादन सुरु भइसकेको प्रबन्ध निर्देशक खड्काले बताए । गरिमा गोल्ड ओपिसी र गरिमा पिपिसी सिमेन्ट उत्पादन गरेर गुणस्तर चिन्ह लिने प्रकृयामा रहेको बताइएको छ।

एक अर्ब लगानीमा स्थापना भएको उद्योगसँग दुईवटा ग्राइन्डिङ युनिट छ। एउटा युनिटबाट पिपिसी र अर्कोबाट ओपिसी सिमेन्ट उत्पादन हुन्छ।