धरान / मोवाइल चोरी गरेको आरोपमा प्रहरीले धरानबाट एक जनालाई पक्राउ गरेको छ ।
पुस २१ गते धरान– २ देशिलाईनमा सामान किनेर पैसा भुक्तानी दिने क्रममा धरान १२ बस्ने बर्ष ५५ को राम बहादुर राईको साम्सुङ ग्यालेक्सी जे १ मोबाइल चोरी भएको थियो ।
राईले प्रहरीमा आइएई नं. सहित प्रहरीमा उजुरी दिएका थिए । उजुरीको आधारमा इलाका प्रहरी कायाृलय धरानले खोजी गर्दा धरान ७ बस्ने बर्ष १८ को साहिल अन्सारीले उक्त मोबाइल प्रयोग गरिरहेको फेला पारेको थियो । उनलाई केही दिन अघि धरान १९ धनकुटे रोडबाट पक्राउ गरि अचोरी मुद्धामा अनुसन्धान भइरहेको डिएसपी सुमनकुमार तिम्सिनाले जानकारी दिए ।