धरान / इलाका प्रहरी कार्यालय धरानले अवैध गाँजासहित २ जनालाई पक्राउ गरेको छ ।

उनीहरुलाई धरान १७ स्थित सप्तरंगी पार्क(डाँडाघोपा)बाट धनकुटाका राजकुमार राई र धरान १७ का सोमन खत्रीलाई प्रहरीले गाँजासहित पक्राउ गरेको हो । उनीहरुको साथबाट करिब ५ केजी ६ सय ग्राम गाँजा वरामद भएको प्रहरीले जनाएको छ । अबैध लागुऔषध बेचबिखन भइरहेको सुचनाको आधारमा राती खटिएको टोलीले दुवैलाई को १६ प २५ १५ नम्बरको मोटरसाईकलसहित पक्राउ गरेको हो ।

राजकुमार राईले पछाडी भिरेको झोलामा गाँजा फेला परेको थियो । राजकुमारले उक्त गाँजा सोमन खत्रीलाई बिक्री गर्न ल्याएको वयानका आधारमा खत्री पक्राउ परेका हुन । उनीहरुलाई हिजै लागु औषध गाँजा मुद्दामा म्याद थप गरिएको छ ।