विराटनगर /  प्रहरीले कडाइ गर्न थालेपछि लागूऔषधको करोबार गर्ने र प्रयोगकर्ताहरूले अवैध लागूऔषध नेपाल भित्राउने अनौठो तरिका अपनान थालेका छन् । मलद्धारमा लुकाएर विराटनगरतर्फ ल्याउँदै गरेको लागूऔषधसहित दुई जना युवालाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय रानी विराटनगर र लागूऔषध व्यूरो टोलीले चेकजाँच गर्ने क्रममा धरान उपमहानगरपालिका– १० घर बताउने २२ वर्षिय रेजी शेर्पा र सोही ठाउँका २७ वर्षिय सुवास प्रधानलाई लागूऔषधसहित पक्राउ परेका हुन् । ‘प्रहरीले प्रायजस्तो दिन विराउँदै लागूऔषध भित्राउने पक्राउ गर्दै आएको छ,’ जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी घनश्याम श्रेष्ठले भने, ‘मंगलबार पक्राउ परेका व्यक्तिले नयाँ तरिका अपनाएको देखियो । उनले शौच गरेपछि लागूऔषध बाहिर निकालेको थियो ।’ प्रहरीलाई आएको गोप्य सूचनाको आधारमा उनीहरूलाई विराटनगर – १५ बाट पक्राउ गरेको हो । प्रहरीले उनीहरूलाई शौच गराएर डाईजेल्याव ५ एम्पुल, लुपिजेसिक ११ एम्पुल, एभिल १३ एम्पुल गरी जम्मा २९ एम्पुल निकालिएको छ । पक्राउ परेका प्रधान र शेर्पाले जोगवनीमा लागूऔषध खाएपछि विक्री गर्न प्रहरीको आँखा झुक्याउन मलद्धारमा राखेर लागूऔषध ल्याउने गरेको प्रहरीसँग स्वीकार गरेका छन् ।

मलद्वारमा यसरी राख्छन् लागु औषध
‘मलद्धारमा राख्न पहिले तेल र मलम हाल्ने र त्यसपछि लागूऔष मलद्धारमा हाल्ने गरेको प्रराम्भिक अनुसन्धानबाट खुल्यो,’ डिएसपी श्रेष्ठले भने, ‘तेल र मलम लगाएपछि मलद्धारमा लागूऔषध हाल्ने गर्दो रहेछन् ।’ मलद्धारमा राखेर ल्याएको लागूऔषध आफै निस्किैदन कि त शौच गर्नुपर्छ नत्र शौच आउने औषधी सेवन गरे मात्र त्यो बाहिर आउने गरेकोे छ ।
पक्राउ परेका दुवै जनालाई प्रहरीले बुधबार जिल्ला अदालत मोरङमा लागूऔषध ऐन अन्तर्गत मुद्दा दर्ता गरि कारवाही प्रक्रिया अगाडी बढाईएको मोरङ प्रहरीले जनाएको छ ।

लागूऔषध अपराधका ७८ वटा मुद्दा
प्रहरीले चालु आर्थिक वर्ष २०७५÷०७६ को पाँच महिनामा लागूऔषध अपराध मुद्दामा ७८ वटा मुद्दा दर्ता गरेको छ । साउनदेखी मंसिरसम्मा सो संख्यामा मुद्दा अदालतमा दर्ता गरेको हो । साउनमा सबैभन्दा बढी पक्राउ गरि मुद्दा दर्ता गरेको छ । साउनमा ३६, भदौमा १२, असोजमा ७, कार्तिकमा १४ र मंसिरमा ९ वटा जनालाई पक्राउ गरि लागूऔषधमा मुद्दा दर्ता गरेको मोरङ प्रहरीको अभिलेखले दखाएको छ ।
गतबर्षको साउनदेखि मंसिर महिनाको अवधीमा ९३ वटा लागु औषध सम्बन्धी मुद्दा दर्ता भएको थियो । मोरङ प्रहरीले ९० दिनको ‘लागूऔषध अपराध विरुद्धको अभियान’ संचालन गरेपछि मुद्दाको संख्यामा कमि आएको हो । नेपालमा लागु औषध कारोवार र प्रयोग गर्ने बातावरण नभएपछि दुब्यसनीयुवाहरु दैनिक सिमावर्ती बजार जोगवनी पुग्ने गरेका छन् ।