वराहक्षेत्र/ वडामा बढ्दै गएको लागु औषध दुव्यर्सन तथा मादक पदार्थ को सेवन रोक्न बराहक्षेत्र नगरपालिकाको समाजिक संघसंस्थाले माग गरेका छन् ।

नगरपालिकाको वडा १ र २ का किशोर किशोरीमा लागु पदार्थको सेवनको प्रवृति बढेको र जथाभावी मादक पदार्थ सेवन गरी समाजमा हो-हल्ला,गाली गलौच गर्नेलाई नियन्त्रण गर्न नगरपालिकाको वडा १ र २ को प्राचिन हरिद्वार जग्दगुरु पीठ संबद्ध मातृ शक्ति सेवा समाज, श्री महिला मैत्री नेपाल र पारालिगल कमिटि तृय संस्थाले त्यस्तो माग गरेका हुन् ।

धार्मिक तथा पर्यटकीय वराहक्षेत्रमा वर्ष दिनभरी नै धार्मिक कार्यक्रमहरु भईरहने गरेको हुनाले बाहिबाटल चतरा आउँने पर्यटकलाई त्यसले नराम्रो प्रभाव पारेको भन्दै , मातृ शक्ति समुहका अध्यक्ष देउमाया थापा मगरको नेतृत्वमा , १६ सय ६८ जनाको हस्ताक्षर सहितको अनुरोध पत्र आईतबार, सुनसरी जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी र वराहक्षेत्र नगरपालिकामा बुझाईएको श्री महिला मैत्री नेपालकी अध्यक्ष दिलु गजमेरले बताईन् ।

यस अघि वराहक्षेत्र नगरपालिकाले स्थानिय धार्मिक मठ मन्दिरको ५ सय मिटर नजिक मांस मदिराको बेचबिखन निषेध गरेको छ तर त्यसको कार्यन्वयन भन्ने हुन नसकेको स्थानियले गुनासो गरेका छन् । यसैगरी नगरपालिकामा किशोर किशोरी युवा तथा विद्यार्थीमा बढ्दो लागु औषध र लागु पदार्थको दुव्यर्सन रोक्न सरोकार वालाले ध्यान नदिएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।