धरान / १६ औं आमरण अनसनमा रहेका डा.गोविन्द केसीको मागमा ऐक्यबद्धता जनाउदै मंगलबारदेखि धर्नामा बसेर आन्दोलन थालेका धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका जुनियर रेसिडेन्ट डाक्टरहरुले बिहीबार र्याली निकालेर भोलीदेखि काम छाड्ने चेतावनी दिएका छन् ।
सधै राजनीतिक दलहरुले विरोधमा वा कुनै कार्यक्रममा प्रयोग हुने धरानको भानुचोकको लोकतान्त्रिक चौतारी आज भने सेतोकोट लगाउनेहरुले कव्जा गरे ।
प्रतिष्ठानस्थित जुनियर रेजिडेण्ड वेलफेयर सोसाइटीको नेतृत्वमा डा. केसीको समर्थनमा जुनियर चिकित्कसहरुले प्रतिष्ठानदेाि २ किमी टाडा भानुचोकसम्म सडकमा ¥यालीमा उत्रिएका छन् । कोणसभा चिकित्सकहरुले सम्बोधन गरेका थिए । चिकित्सा शिक्षा व्यापार हैन, चिकित्सकमािथको दुव्र्यावहार बन्द गर, माफियातन्त्र मुर्दावाद, गोविन्द केसीको आवाज दवाउन पाइदैन, माफियामुखि ऐन चाहिदैनलगायत लेखिएका प्ले कार्ड उनीहरुसँग रहेको थियो । ¥यालीमा उनीहरुले चर्को नारा पनि गरे ।

भोलीदेखि जुनियर चिकित्सकहरुले आकस्मिक सेवा बाहेक कुनै पनि सेवामा सहभागी नहुने जुनियर रजिडेण्ड वेलफेयर सोसाइटीका अध्यक्ष डा. कविराज पौडेलले जानकारी दिए । डा. केसीको जायज माग तत्काल पूरा नगरेसम्म आफुहरुको आन्दोदन जारी रहने उनीहरुले बताउका छन् ।
गत पुष २५ गते डा. केसीले १६ औं आमरण अनसन इलाममा सुरु गरेका थिए । उनको स्वास्थ्य अवस्था गम्भिर बनेपछि नेपाली सेनाको नाइटभिजन हेलिकप्टरबाट गत विहीबार राती काठमाडौ लगि टिचिङ अस्पतालमा उपचार भइरहेको छ ।