बदलिदो मोसमसँग तराईको धरै जसो ठाउँ जस्तै सजनकपुर,सिरहा ,राजविराज,बिरगंज ,भरतपुर ,बिराटनगर ,धरान आदि ठाउँमा लामखुटे को प्रभाव बढ्दै गइरहेको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको इमर्जेन्सी,ओपीडीमा हामी,मलेरिया,डेङ्गु,चिकेनगोनियाको बालबालिका पनि देख्ने गरेको छौँ ।

डेङ्गु दोस्रो विश्वयुद्धको समयदेखि विश्वव्यापी समस्याकाे रूपमा देखिएकाे छ । हाल यो रोग विश्वका ११० देशहरूमा व्याप्त छ। प्रत्येक वर्ष यो रोगका कारण करिब ५ करोडदेखि ५ करोड २८ लाख मानिसहरू बिरामी पर्ने गरेका छन्।

जसमध्ये करिव दसहजारदेखि बीसहजार मानिसहरूको मृत्यु हुने गरेको छ। डेङ्गुकाे महामारीको बारेमा सन् १७७९ लिखित तथ्य भेटिएको छ। यो रोग भाइरसका कारणले लाग्ने र लामखुट्टेका कारणले मानिसमा सर्ने गरेको तथ्य बीसौँ सताब्दीमै पत्ता लागेको थियो।

हुनत सलामखुट्टे २० देखि ३० डिग्री सेल्सियस तापक्रममा बढी सक्रिय हुन्छ । वर्षा हुँदा तापक्रममा परिवर्तन हुने भएकाले लामखुट्टेको टोकाई बढ्छ । लामखुट्टेको समस्या बढी हुन्छ । यसले टोक्दा शरीर चिलाउनुका साथै मलेरिया, डेङ्गुजस्ता विभिन्न रोग लाग्ने सम्भावना हुन्छ ।

डेङ्गुकाे सङ्क्रमणबाट बचाउने एउटा खोपलाई मान्यता दिइएको छ, तर अहिलेसम्म यसको व्यापारिक उत्पादन गरिएको छैन । डेङ्गी भाइरसका कारणले लाग्ने गर्दछ।डेङ्गुको विषालु भाईरसद्धारा संक्रमित भएको एडिस एजिप्टाई जातको पोथी लामखुट्टेले यो रोग सार्छ । यो ग्रामिणमा भन्दा शहरी क्षेत्रमा बढी पाईन्छ ।

डेङ्गु भाइरसको सङ्क्रमण भएको तीनदेखि चौध दिनपछि यसका लक्षणहरू देखिन थाल्छन्। यसका प्रमुख लक्षणहरू ज्वरो आउने, टाउको दुख्ने, बान्ता हुने, मांसपेसी तथा जोर्नीहरूमा पीडा हुने र छालामा एक प्रकारको रातो दाग देखिने आदि हुन्।

सामान्यतया डेङ्गु भाइरसको सङ्क्रमण भएका करीब ८० प्रतिसत मानिसहरूमा रोगका कुनै लक्षणहरू देखिँदैनन् वा देखिए पनि हल्का ज्वरोजस्ता सामान्य खालका लक्षणहरू मात्र देखिन्छन्स ङ्क्रमित मध्ये करीब ५ प्रतिशत मानिसहरूमा गम्भीर प्रकारको डेङ्गु लाग्ने गर्दछ भने ती मध्ये पनि निकै कम मानिसहरू यस रोगका कारण मृत्युको मुखमा पुग्ने गर्दछन्।

यो रोग छिप्पिन तीनदेखि १४ दिन लाग्ने भए पनि धेरैजसो बिरामीहरूमा यो रोगले ४ देखि ७ दिनमै पूर्णता पाउँछ। त्यसैले डेङ्गुकाे जोखिममा रहेका स्थानहरूमा गएर फर्किएका मानिसहरूमा घर पुगेको १४ दिनपछि डेङ्गुकाे वा अन्य लक्षणहरू देखापर्ने सम्भावना हुँदैन।

डेङ्गु धेरै प्रजातिका लामखुट्टेहरूका माध्यमबाट मानिसहरूमा सर्न सक्छ । यो रोगका भाइरसहरू पाँच प्रकारका छन्। डेङ्गुकाे पहिचानको टुङ्गो लगाउन धेरै परीक्षणहरू उपलब्ध छन्। यस्ता परीक्षणहरूमा बिरामीको रगतमा डेङ्गुकाे भाइरसविरुद्ध शरीरले पैदा गर्ने एन्टिबडी वा उक्त भाइरसको आरएनए पत्ता लगाउने गरिन्छ।

भर्खरै देखा परेको मन्द वा मध्यम खालको डेङ्गुकाे छ भने मुखबाट वा नसाबाट (इन्ट्राभेनस) तरल पदार्थ दिएर उपचार गरिन्छ। केही बिरामीहरूमा यो रोग विकसित (डेङ्गी हेमोरेजिक फिबर) भएर रक्तस्राब हुन्छ र ज्यान नै जोखिममा पर्न सक्छ।

यो अवस्थामा रक्तस्राब हुने मात्र नभइ रगतमा प्लेटेलेट्सको मात्रा कम हुने तथा रगतको प्लाज्मा खेर जाने हुन सक्छ। त्यस्तै डेङ्गुकाे अर्को विकसित रूप डेङ्गु सक सिन्ड्रोम पनि हो। यो अवस्थामा बिरामीको रक्तचाप घटेर खतरनाक अवस्थामा पुग्छ।

गम्भीर खालको डेङ्गीको उपचार गर्न बिरामीलाई रगत दिनु आवश्यक हुन सक्छ। यो रोगका कारण प्रत्येक वर्ष करीब पाँचलाख मानिसहरू अस्पताल भर्ना हुने गरेका छन्। डेङ्गु लागेको बेलामा इबुप्रोफिन जस्ता नन्स्टेरोइडल एन्टि इन्फ्लामेटरीऔषधिहरू प्रयोग गर्नु हुँदैन।

डेङ्गुबाट बच्न लामखुट्टेको बासस्थानहरू नष्ट गर्ने तथा लामखुट्टेको टोकाइबाट बच्नु पर्छ। यसका लागि मानिसको बसोवास क्षेत्रमा अनावश्यक रूपमा पानी जम्न नदिने वा जमेको पानीलाई ढाकेर राख्ने तथा सकेसम्म शरीरका धेरै भाग ढाक्ने कपडा लगाउने गर्न सकिन्छ।

बालरोग विशेषज्ञ, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ,धरान