श्री शालवाहनीय शाके १९४६ ने.सं.११४५ वि.सं. २०८२ साल असार २५ गते बुधबार, ९ जुलाई २०२५, सिद्धार्थीनाम संवत्सर। आषाढ शुक्लपक्षको चतुर्दशी तिथि ०१ः१६ बजेसम्म, उप्रान्त पूर्णिमा, नक्षत्र मूल २३ः५९ बजेसम्म, उप्रान्त पूर्वाषाढा, चन्द्रमा राशि धनु, सूर्याेदय ०५ः१६ बजे र सूर्यास्त ०७ः०१ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)

व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। स्वास्थ्यका लागि आहारविहारमा सजग रहनुहोला।   

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

गोप्य सूचना बाहिरिनाले काम दोहो¥याउनु पर्ने स्थिति आउन सक्छ। समस्या दर्शाउँदा शुभचिन्तकहरूले साथ दिनेछन्।   

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

पछिका लागि सकारात्मक सङ्केत प्राप्त हुनेछ। अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन्। 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

साथीभाइसँग रमाइलो भेट हुनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। नयाँ कामको योजना बन्न सक्छ। 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

भौतिक साधनले काममा सहजता ल्याउनेछ। व्यवसायको सन्दर्भमा यात्राको अवसर पनि जुट्न सक्छ। 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

प्रियजनसँग भेटघाट हुनुका साथै आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ। सहयोगीहरू प्रतिस्पर्धामा उत्रिन सक्छन्। 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

ईष्र्या गर्नेहरूले काममा अवरोध पु¥याउलान्। सोझोपनको फाइदा अरूले उठाउन सक्छन्।    

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

आफ्ना सामानमा अरूले दाबी गर्न सक्छन्। यात्रा गर्दा धनमालको सुरक्षामा ध्यान दिनुहोला। 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

बलभन्दा बुद्धिको उपयोगले फाइदा दिलाउन सक्छ।शुभचिन्तकहरूले साथ दिनेछन्।  

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

पढाइ, लेखाइमा प्रगति हुनेछ। सेवामूलक कामबाट धनलाभ हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ।   

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

प्रयत्न गर्दा लक्ष्य प्राप्त हुनुका साथै दिगो लाभ हुने काम प्रारम्भ हुनेछ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ। मिष्ठान्न भोजन प्राप्त हुनेछ ।