धनकुटा । उच्च सरकारी वकिलकार्यालय धनकुटाले गएको भाद्र १ गते देखीलागु भएको नयाँकानुन्कोवारेमा समुदायमा सचेतनाजगाउने उदेश्यले “कानुनी सचेतनातथा समुदायमा सरकारी वकिलकार्यक्रम”शुक्रवार आयोजना गरेको छ ।
धनकुटानगरपािलका वडा नं.१० अन्तर्गत वेलहरामाआयोजनागरिएको“कानुनी सचेतनातथा समुदायमा सरकारी वकिलकार्यक्रमम”मासामुदायिकविद्यालयकाविद्यार्थि, शिक्षक, अभिभावक, नागरिक समाज, स्थानिय स्तरका राजनितिकदलका नेतातथाकार्यकर्ताहरुको सहभागिता रहेको थियो ।सचेतनाकार्यक्रमको सहजकिरण उच्च सरकारी वकिलकार्यलय धनकुटाका शाखाअधिकृत कल्याण पराजुलीले गरेका थिए ।
सो अवसरमा पराजुलीले सरकारी वकिलको परिचय, उच्च सरकारी वकिलकार्यालयको भुमिका, कामकर्तव्य र अधिकार, विशेष सरकारी वकिलकार्यलय, विशेष अदालत, जिल्ला सरकारी वकिलकार्यलयको वारेमापनि सहजीकरण गरेका थिए । त्यसैगरी कानुनी सहायताको किसिम,कानुनी सचेतनाको लागीजानकारी राख्नु पर्ने मुख्यकानुन्हरु, घरेलु हिंसा, कसुर र सजाय ऐन २०६६, कोशि पहाडको ४ जिल्लामाअपराधप्रकृतिहरुको तुलनात्मकअवस्था र अनुशन्धानको क्रममा समुदायले खेल्नु पर्ने भुमिकाआदीको वारेमाशाखाअधिकृत पराजुलीले सहजीकरण गरेका थिए ।
आयोजितसचेतनाकार्यक्रममाउच्च सरकारी वकिलकोकार्यालय धनकुटाका निमिक्त सहन्याधिवक्तामनोजकुमार आचार्यले सहभागीहरुको जिज्ञासामा सवालको जवाफदिएकाथिए । सो अवसरमाउनले पिडितलाई न्याय र पिडकलाई सजायदिलाउने कार्यमा समुदायको भुमिका महत्वपुर्ण हुने धारणा राखेका थिए ।
































