धरान / उदयपुरको बेलका नगरपालिका ६ मा अर्काको मोटरसाईकल सिक्दै गर्दा पुलको पोलमा ठोक्किए दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बराह–६ का शैलेस माझी र सोही वडाका जितेन राई रहेका छन् । पश्चिमबाट पूर्व आउदे गर्दा बेलका ९ स्थित खोरिया पुलमा को २२ प २३४३ नं. को मोटरसाईकल ठोक्किदा शैलेसको घटनास्थलमै मृत्यु भएको थियो । राईको भने उपचारको क्रममा विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आईतबार राती मृत्यु भएको स्थानीय सरद कोईरालाले जानकारी दिए ।
शैलेसले हाकेको मोटरसाईकल एक्कासी पुलमा ठोक्किएको थियो । चन्दमणी ज्यवलरीमा मिस्त्री काम गर्दै अाएका सुवाेद चाैधरीकाे मोटरसाईकल विहान कसैलाई नसाेधी  विहान ४ बजे उनीहरुले लगेकाे स्थानीय चन्द्रमणी मण्८लले जानकारी दिए ।