लहान/ सप्तरीको राजविराज–हनुमाननगर सडकखण्डको हनुमाननगर कङ्कालनी नगरपालिका–१० इनरुवामा हिजाे साँझ तीर्थयात्री बोकेको बस दुर्घटना हुदा तीन जनाको मृत्यु भएको छ ।  


को१ख २७९९ नं को बस सडक छेउको पोखरीमा खसेको हो । मृतकको सनाखत हुन नसकेको सप्तरीका प्रहरी नायब उपरीक्षक भवेश रिमालले जानकारी दिए । बसमा सवार अन्य यात्रु घाइते भएका छन् । तीर्थयात्री सुनसरीको चतरास्थित बराहक्षेत्रको मेला भरेर घर फर्किंदै थिए ।