विराटनगर । बहुचर्चित सुन तस्करी र उर्लाबारी सनम शाक्य हत्या प्रकरण मुद्दामा तस्करी र हत्याको आरोप लागेका प्रतिवादीहरुको पक्षमा बहस गर्न चिर्चित कानुन व्यवयसायीहरु मोरङ जिल्ला अदालत आएका छन् ।

मोरङ जिल्ला अदालतमा चलिरहेको थुनछेक बहसको लागि प्रतिवादीकोतर्फबाट काठमाण्डौदेखी नाम चलेका वरिष्ठ अधिवक्तादेखी पूर्व महान्याधिवक्तासम्म बहस गर्न आएका हुन् ।

३० जना प्रतिवादीको तर्फबाट मोरङ जिल्ला अदालतको इजालसमा ६८ जना कानुन व्यवसायीहरुले बहस गर्नेछन् । आठ जना प्रहरीको तर्फबाट मात्र नाम चलेका वरिष्ठ अधिवक्ता देखी पूर्व महान्याधिवक्तासम्म गरी २९ जनाले प्रतिरक्षा गर्दै बहस गर्नेछन् । बुधबारसम्म वकलतनामा दर्ता भएको मध्धे प्रहरीको तर्फबाट अधिकाशं कानुन व्यवसायीहरुले प्रतिरक्षा गर्दै बहस गरिसेका छन् ।

निलम्बन एसपी विकासराज खनालले नाम चलेका कानुन व्यवसायीहरु राखेका छन् । उनको तर्फबाट चार जना कानुन व्यवसायीहरुले बहस गरीसकेका छन् । प्रतिवादी खनालको तर्फबाट काठमाण्डौबाट आएका बरिष्ठ अधिवक्ता शम्भू थापा, यदुनाथ खनाल, पूर्व महान्याधिवक्तासमेत रहेका कानुन व्यवसायी रमण श्रेष्ठ र अधिवक्ता मनिषा बस्नेतले प्रतिरक्षा गर्दै बहस गरीसकेका छन् ।

त्यस्तै एसएसपी दिवेश लोहनीको पक्षमा चार जना कानुन व्यवसायीहरुले बहस गरेका छन् । लोहनीको पक्षमा वरिष्ठ अधिवक्ता शुशिलकुमार पन्त, रामचन्द्र सुवेदी, देवेन्द्र कोइरालाले प्रतिरक्षा गर्दै बहस गरीसकेका छन् ।

डियसपी द्धोय प्रजित केसीले ५ जना र सञ्जय राउतले आफ्नो पक्षमा बहस गर्न ६ जना कानुन व्यवसायी राखेका छन् । केसीको पक्षमा वरिष्ठ अधिवक्ता सरेशलाल श्रेष्ठ, माधवराज आचार्य, राजकुमार राउत, तुलसी प्रसाद पोखरेल र शंकरमान थापाले बहस गरीसकेका छन् । त्यस्तै डियसपी राउतको तर्फबाट शिवराज चौहान, शान्तिराम भण्डारी, रामप्रसाद भण्डारी, अम्बर बहादुर राउत र राम बहादुर बहस गरीसकेका छन् ।

त्यस्तै पूर्व डिआइजी गोविन्द निरौलाकोतर्फबाट रमण श्रेष्ठ र भानु प्रसाद निरौलालाई बहस गर्न राखेका छन् । पूर्व डिआइजी निरौलाकोतर्फबाट श्रेष्ठले बहस गरिसको छन् भने भानुप्रसाद निरौलालाको बहस बाँकीे छ । त्यस्तै सहि बालकृष्ण सञ्जेलले सात जना कानुन व्यवसायी राखेका छन् । सञ्जेलको तर्फबाट बहस गर्न योगेन्द्र काफ्ले, लिलाबल्वभ अधिकारी, टंकप्रसाद उप्रेती, राजेन्द्र खनाल, केदार भण्डारी, नारयण वस्ती, विश्वराम भट्टराईलाई राखेका छन् ।

प्रहरी जवान विष्णु बहादुर खड्काको पक्षमा बहस गर्न वरिष्ठ अधिवक्ता हिक्मत कार्की र अधिवक्ता खगेन्द्र श्रेष्ठले प्रतिरक्षा गर्दै बहस गरीसकेका छन् । त्यस्तै प्रहरी हवल्दार अम्बर बहादुर मगरले मदुसुधन चौधरीलाई बहस गर्न राखेका छन् ।

गत शुक्रबारबाट उक्त मुद्दामा जिल्ला अदालतमा थुनछेक बहस सुरु भएको थियो । वादीतर्फबाट ७ जना सरकारी वकिलले बहस सकेपछि आइतबारदेखी प्रतीरक्षामा प्रतिवादीतर्फका कानुन व्यवसायीहरु उत्रिएका हुन् । जिल्ला अदालतमा बहस गर्ने यो संख्या हालसम्मकै धेरै हो ।

प्रहरीको एक महिना लामो अनुसन्धानपछि गत बुधबार जिल्ला सरकारी वकिलको कार्यालयले बहालवाला प्रहरी अधिकृतसहित ३० जनालाई पक्राउ गरी आरोपपत्रसँगै अदालतमा पेस गरेको थियो । उनीहरु विरुद्ध संगठित अपराध अन्तर्गत आपराधिक समूह स्थापना गरी सुन चोरी–पैठारी र निकासी गरेको, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान शीर्षकमा मुद्दा दर्ता भएको थियो ।

सरकारी वकिलको कार्यालय मोरङले गत बुधबार बहालवाला एसएसपी, अन्य प्रहरीका उच्च अधिकारी लगायत ६३ जना विरुद्ध मुद्दा दायर गरेको थियो । मिलेमतोमा सुन तस्करी गर्ने चुडामणि उप्रेती ‘गोरे’ समूहले त्रिभुवन विमानस्थलबाट हालसम्म ३८ सय किलो सुन तस्करी गर्दै १७ अर्ब १ करोड ८० लाख रुपैयाँ राज्यलाई नोक्सान पुर्‍याएको दाबी गरिएको छ । सरकारी वकिलको कार्यालयले उक्त रकम बिगोका रुपमा उनीहरुसँग असुल हुनुपर्ने माग–दाबी गर्दै जिल्ला अदालत मोरङमा मुद्दा दायर गरेको थियो ।

३५ जना वकिलको बहस सकियो

सुन तस्करी र उर्लाबारीका सनम शाक्य हत्या मुद्दामा प्रतिवादीतर्फका कानुन व्यवसायीले चार दिनमा ३५ जनाले बहस सकेका छन् । मोरङ जिल्ला अदालत समक्ष ‘थुनछेक बहसमा’ प्रतिबादीतर्फका कानुन व्यवसायीले बुधबारमात्र १० जनाले बहस गरेका थिए ।

चौथो दिन बुधबार प्रहरी जवान विष्णु बहादु खड्काको पक्षमा वरिष्ठ अधिवक्ता हिक्मत पौडेल र अधिवक्ता खगेन्द्र श्रेष्ठले बहस गरेका छन् । त्यस्तै मदन घिमिरेको पक्षमा गणेश राज लुईटेल र नविन कार्कीले बहस गरे । मदन घिमिरे र बालकृष्ण श्रेष्ठको पक्षमा अधिवक्ता ज्ञानेन्द्र थापाले बहस गरेका थिए । त्यस्तै बालकृष्ण श्रेष्ठ र हेमन्त गौतमको तर्फबाट अधिवक्ता शिवराज चौहानले बहस गरेका थिए । अधिवक्ता शान्तिराम भण्डारी र राम प्रसाद भण्डारीको पक्षमा डियसपी सञ्जय राउतको प्रतीरक्षा गर्दै बहस गरेका थिए । मोहन काफ्ले र नरेन्द्र कार्कीको तर्फबाट अधिवक्ता दिपक खतिवडा र रुपेश कोइरालाले बहस गरेका थिए ।

यस अघि २५ जना कानुन व्यवसायीहरुले बहस गरिसको छन् ।