श्री शालवाहनीय शाके १९४८ ने.सं. ११४६ वि.सं. २०८३ साल कात्तिक १९ गते बिहीबार, ५ नोभेम्बर २०२६, रौद्रनाम संवत्सर। कार्तिक कृष्णपक्षको एकादशी तिथि १२:०१ बजेसम्म, उप्रान्त द्वादशी, नक्षत्र उत्तरफाल्गुनी २९:४२ बजेसम्म, उप्रान्त हस्ता, चन्द्रमा राशि सिंह, सूर्योदय ०६:१७ बजे र सूर्यास्त ०५:१५ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)

अवसर र व्यवधानको उतारचढावबाट न्यून प्रतिफल हातपार्न सफल भइनेछ। लगनशीलताले मात्र उपलब्धि प्राप्त हुनेछ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

कामको मेसो नमिल्दा व्यवहारमा पछि परिनेछ। आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन्। 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

अध्ययनमा बाधा हुनेछ र लक्ष्य प्राप्त गर्न समय लाग्नेछ। बेसुरमा वचन दिनाले समस्या पर्न सक्छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

परिस्थिति आफ्ना लागि अलि प्रतिकूल बन्न सक्छ। पेटको समस्याले स्वास्थ्य कमजोर रहनेछ। 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

हतारको निर्णयले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला। समयमा जुट्न नसक्दा थालेको काम रोकिन सक्छ। 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्न सक्छ। आवेशको व्यवहार र असमझदारीले आफन्तजन टाढिन सक्छन्।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। व्यापारलगायत आर्थिक लाभ हुने काम प्रारम्भ हुनेछ। 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

मिहिनेतले प्रतिस्पर्धाको दौडसमेत जिताउन सक्छ। स्रोतसाधन जुट्नाले नयाँ कामतर्फ आकर्षित भइनेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

मिहिनेतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ। रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

बोली-व्यवहारमा अलि सजग रहनुपर्ला। लक्ष्मी बाहिरिने सम्भावना छ। व्यापारमा चनाखो रहनुपर्ला।  

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

नियमित कामबाट फाइदा नहुन सक्छ। अरूका विषयमा चासो लिँदा झमेला आइलाग्न सक्छ। 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

आफन्तसँग भेटघाट हुनाले परिवेश उल्लासमय रहनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्।