काठमाडौँ । नेपाली कांग्रेस काठमाडौँ महानगर समितिले दीपावली तथा नेपाल संवत्को पूर्वसन्ध्यामा काठमाडौँमा ‘सुकुन्दा र्‍याली’ आयोजना गर्ने भएको छ । महानगर समितिका सभापति सुशन वैद्यले नेपाल संवत् मनाउने समुदायलाई लक्षित गरी काठमाडौँका भित्री गल्लीमा र्‍याली आयोजना गर्न लागिएको जानकारी दिए ।

उनका अनुसार यही कात्तिक २१ गते शनिबार साँझ ४ बजे काठमाडौँको लगनटोलबाट र्‍याली सुरु हुनेछ । र्‍याली लगन, ब्रह्मटोल, बाङ्गेमुडा, ह्यूमत, जैसीदेवल, कोहिटी, भीमसेनस्थान, काष्ठमण्डप, प्याफल, नरदेवी, किलागल, इन्द्रचोक, जुद्ध सालिक र न्युरोड गेट हुँदै तेबहाल पुगेर समापन हुनेछ ।

कांग्रेस सभापति गगनकुमार थापाको सहभागितामा आयोजना हुन लागेको उक्त कार्यक्रममा उपस्थितिका लागि महानगर समितिले पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकलाई निमन्त्रणा गरेको छ ।

सभापति वैद्यले र्‍यालीले सांस्कृतिक परम्परा, मौलिक पहिचान र सामाजिक सद्भाव प्रवर्द्धन गर्न सहयोग पुग्ने बताए । रासस