श्री शालवाहनीय शाके १९४८ ने.सं. ११४६ वि.सं. २०८३ साल कात्तिक १८ गते बुधबार, ४ नोभेम्बर २०२६, रौद्रनाम संवत्सर। कार्तिक कृष्णपक्षको दशमी तिथि १३:१८ बजेसम्म, उप्रान्त एकादशी, नक्षत्र मघा ०६:४४ बजेसम्म, उप्रान्त पूर्वफाल्गुनी, चन्द्रमा राशि सिंह, सूर्योदय ०६:१७ बजे र सूर्यास्त ०५:१५ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
परिस्थितिवश चिताएको काम रोकिन सक्छ। कामको मेसो नमिल्दा योजना अधुरै रहनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अवसर र व्यवधानका बीचबाट कर्मयोग अघि बढ्नेछ। स्वास्थ्य कमजोर रहनाले अध्ययनमा ध्यान केन्द्रित नहुन सक्छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
समयको गतिलाई पछ्याउने प्रयास गर्नुहोला।लगनशीलताले उपलब्धि दिलाउनेछ। व्यवसायमा फाइदा हुनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सन्तानको साथले उत्साह जगाउनेछ।निर्णय लिएर पनि परिस्थितिअनुसार चल्न नसक्दा पछि परिनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
मनोरञ्जनका लागि समय र धन खर्च हुनसक्छ। साझेदारीमा समस्या आउनाले सम्झौता भङ्ग हुनसक्छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
बेसुरमा आश्वासन दिने बानीले पनि दुःख पाइनेछ। तत्काल योजना सार्वजनिक नगर्नुहोला।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
दीर्घकालीन योजनामा निर्णय लिन हतार नगर्नुहोला।काममा केही बाधा आउनेछन्।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
नयाँ योजना थाल्न उपयुक्त साइत पर्खनुहोला। व्यवसायमा सामान्य लाभ हुनेछ तर सोचेको दाम नउठ्न सक्छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आफ्नो लाभांशमाथि अरूले दाबी गर्न सक्छन् । आलश्य त्यागेर मिहिनेत गर्दा काम बन्नेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
रोकिएका काममा दोहोर्याएर प्रयास गर्नुहोला।प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
हातबाट लक्ष्मी बाहिरिने सम्भावना देखिएकाले कर्जा र उधारो व्यापारमा चनाखो रहनुपर्नेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
नियमित काममा साविकजस्तै फाइदा भइरहनेछ। अरूका विषयमा चासो लिँदा झमेला आइलाग्न सक्छ।

































