काठमाडौं/ हुम्लामा बुधबार बिहान भएको मकालु एयरको जहाज दुर्घटनामा मृत्यु भएका दुवै पाइलटको शव काठमाडौं ल्याइएको छ। पाइलटद्वय किरण भट्टराई र आदित्य नेपालीको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज ल्याइएको हो। शव ल्याइएपछि मृतकका आफन्त अस्पताल पुगेका छन्।
सुर्खेतबाट बिहान ६स्१२ बजे उडेको ९ एन-एजेयु कलसाइन जहाज हुम्लाको खार्पुनाथ गाउँपालिकामा दुर्घटनाग्रस्त भएको थियो। विमानको नेपालगन्ज टावरसँग ६स्२७ बजे अन्तिम सम्पर्क भएको थियो। खराब मौसमका कारण आपतकालीन अवतरण गराउन खोज्दा विमान दुर्घटनामा परेको जनाइएको छ।