इटहरी/ झापाको बहु चर्चित अपहरण तथा जग्गा किर्ते प्रकरणका पिडितले आफुलाई पिडिकहरुले ब्याकमेलिङ गदै मानसिक तनाब दिएको बताएका छन । झापाको बिर्तामोड चौकको करोडौ रुपैयाको जमिन अपहरण गरि किर्ते पास गराउँनेहरुले नै आफुलाई आतंकित बनाएको आरोप लगाएका हुन । धरौटीमा रिहा भएका पिडकहरुले अहिले पनि विभिन्न बहानामा तनाब दिईरहेको पिडित जिवन विष्टको गुनासो छ ।

[caption id="attachment_82714" align="aligncenter" width="700"] फायलफाेटाे[/caption]

२०७३ माघ १२ गते जग्गाधनी जिवन विष्टलाई अपहरण गरि होटल सुभकामनामा राखि बन्दुक देखाइ बिर्तामोड ४ मा रहेको १५ करोड मुल्य पर्ने जमिन पास गराउँने अभियुक्तहरुले आफुलाई अझै पनि ब्लाकमेलिङ र मानसिक तनाब दिने गरेको जग्गा धनी जिवन विष्टले बताए । मलाई अहिले पनि विभिन्न बहानामा टचर दिईरहेका छन् उनले फोन सम्पर्कमा भने । जेष्ठ ७ गते जिल्ला अदालतले साक्षी बकपत्रको लागी बोलाएको बेला उपस्थित नहोस् भनेर आफुलाई मानसिक तनाब दिईरहेका बिष्टले बताएका छन् ।

पिडकहरुले आफ्नो आफन्तहरुकोमा मेरो नागरिकता अबैध छ त्यसका विरुद्धमा बाेल्नु पर्छ भनिरहेको बताए । घट्ना स्थलमा साक्षी बसेकाहरुलाई समेत धम्काउँने काम भईरहेको उनको भनाई थियो । आफुलाई अहिले पनि पिडकहरुले विभिन्न बहानामा दुःख दिएका छन न्यायधिश मिलाएको छौँ, हामी मुद्धा जित्छौ भन्दै आफन्तहरुलाई धम्काउँने गरेको बिष्टको गुनासो छ ।

नागरिकता सम्बन्धी जुनै बेला प्रशासनमा हाजिर हुन्छु, तर यो मुद्धालाई प्रभावित पार्ने काम बन्द होस् उनले भने । आफुले नेपाली नागरिकता बंशजको आधारमा पाएको बताउँदै उनले भने पिडितलाई थप पिडित नबनाईयोस् । मुद्धा र बकपत्रलाई प्रभावित गराउँन नागरिकताको विषय विवादमा ल्याउँने काम गरेको भन्दै आफ्नो नागरिकता किर्ते थियो भने मेरो नागरिकताको आधारमा आएको जग्गा कसरी बैध भयो उनले प्रश्न गरे । मलाई मेरो मुद्धालाई प्रभावित बनाउँने काम भयो उनले भनेका छन ।

भद्रपुर ४ का राजु कुँवर , मेचीनगर-६ का भुपु कान्छा भनिने अजय राइ, भद्रपुर-७ का तेजेन्द्र न्यौपाने र भद्रपुर-६ का प्रेम न्यौपाने, लगायतका समुहले अपहरण गरी जग्गा कब्जा गरेको भन्दै तिन महिना उनीहरुलाई शरिर बन्धक तथा अपहरण मुद्दामा जिल्ला अदालत झापाले थुनछेक थुनामा राखेको थियो । तर उनीहरुले उच्च अदालतमा पुरनावेदन गरे सँगै उच्च उदालतले ४ जनाले डेड करोड र अन्यले ठुलो रकम धरौटीमा रिहा भएका छन ।

विष्ट भारतमा भएको बेला राजु कुबरले २०७३ माघ २० गते जिवन विष्ट हुँ भन्दै विष्टको नाममा दर्ता कायम रहेको अनारमनी–७ स्थित भद्रपुर रोडको १६९ र १७० कित्ता नम्बरकाे ५ कठ्ठा १६ धुर जग्गा उनीहरुले शरीर बन्धक बनाएर मालपोत कार्यालय भद्रपुरले २०७३ माघ २० गते डोर खटाइ उक्त जमिन पास गराएका थिए । रजिष्टेन पासमा माघ १२ गते र माघ २० गते उल्लेख गरिएको थियो ।