
मधुमल्ला/मोरङको मिक्लाजुङ गाउँपालीका वार्ड नं. ६ मा आज (सोमबार) भएकोे रक्तदान कार्यक्रममा ७१ पिन्ट रगत संकलन भएको छ ।
नेपााल ख्रिष्टिय एकता समाज मिक्लााजुङको आयोजनामा तथा नेपाल रेडक्रस सोसाइटी उपशाखा दमकको प्राविधीक सहयोगमा संचलीत कार्यक्रममा २८ महिला सहित ७१ जनाले रगतदान गरेको ख्रिष्टिय एकता समाजका सचिब भरत लिम्बुले जानकारी दिए । मानविय सेवा सबै सहभागी बनौं भन्ने मुख्य उद्धेस्यका साथ उक्त रक्तदान कार्यक्रमको आयोजना गरिएको बताईएको छ ।
कार्यक्रम मिक्लाजुङ–६ मा रहेको चर्च अफ गडको प्राङ्गडमा आयोजना गरिएको थियो । पानीका कारण केही ढीला कार्यक्रमको थालनी भएको भएता पनी ग्रामिण भेगमा उल्लेख्य मात्रामा रक्तदाताहरुको उपस्थिती रहेको थियो ।