भोजपुर/ भोजपुरमा महिलाको हत्याका आरोपमा एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । टेम्के मैयुङ गाउँपालिका २, छिनामखुका ४५ वर्षीय प्रमेश राईले आफ्नै जेठानी दिदी ५८ वर्षीय विद्याकुमारी राईको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
उनको मृत्यूपश्चात अभियुक्त प्रमेशलाई प्रहरीले मंगलबार बिहान ५ बजे घरबाट नियन्त्रणमा लिई कार्यालय भोजपुरमा ल्याएर म्याद थप गरी कर्तव्य ज्यान मार्ने मूद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।