रौतहट/ राजपुर नगरपालिकामा नदीमा डुबेर एकै टोलका दुई जना बालिकाको ज्यान गएको छ । घरबाट सोमबार दिउँसो गाउँ नजिकैको खोलामा नुहाउन गएका वडा नम्बर ६ कुडियाटोलकी ७ वर्षीया अनिजा खातुन र ६ वर्षीया सुनैया खातुनको अरुवा खोलामा डुबेर ज्यान गएको हो ।
खोलामा गएका बालिकाहरु बेलुकीसम्म घर नफर्किँदा खोज्न खोलामा जाँदा दुवैजना बालिका पानीमा डुबेको अवस्थामा भेटिएको थियो । बालिकाको शव पोस्टमार्टमको लागि मंगलबार जिल्ला अस्पताल गौरमा ल्याइएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी निरीक्षक मनोज यादवले बताए ।
घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।