शनिश्चरे/मोरङको पथरीशनिश्चरे नगरमा रहेका सहकारी संस्थाहरुले आफ्नै नगरमा कार्यक्रम गरी मंगलवार ६१ औं राष्ट्यि सहकारी दिवश मनाएका छन् ।
अघिल्ला वर्षहरुमा जिल्लास्तरको भेलामा दिवश मनाउँने गरिँदै आएको अवस्थामा संघीयता कार्यान्वयनका क्रममा सहकारी कर्मचारी संगठन पथरीशनिश्चरे इलाकाको आयोजनामा आफ्नै नगरमा दिवश मनाइएको हो । १० वर्ष अघि स्थापित संगठनले यसबेला स्थापना दिवशलाई आफ्नै ठाउँमा मनाउने योजनामा दोस्रो पटकको दिवश मनाएको संगठनका अध्यक्ष तुलसी वस्नतेले प्रष्ट्याए ।
विहान पथरीको पूर्व र पश्चिम वस विसौनीमा टफिक जनचेतनामुलक बोर्ड राखेपछि नगरका सहकारीकर्मीहरुको र्यालीले पथरी वजार परिक्रमा गरेको थियो । त्यसपछि आयोजित सभामा नगर प्रमुख दिलिपकुमार राईले नगरको विकासमा सहकारी संस्थाको ठूलो देन रहेको वताउँदै सहकारी क्षेत्रको प्रवद्र्धनका लागि संघीय कानूनी व्यवस्था थप स्पष्ट हुनु जरुरी रहेको जनाए ।
कार्यक्रमका लागि विभिन्न क्षेत्रबाट सहयोग पुर्याउने सहकारी संस्थाहरुलाई प्रसंसापत्र तथा इटहरीका एक खुट्टाले नाँच्ने र जादु देखाउने कलाकार लालवहादुर तामाङलाई नगद २ हजार र सम्मानपत्रले सम्मानित गरिएको छ । सोमवार संघीयतामा सहकारी सम्वन्धी अन्तरक्रिया कार्यक्रम समेत भएको थियो ।
































