पुर्व मिस नेपाल मलिना जोशीको आफनो अभिनय यात्रा सहज देखिएको छैन् । उनले अभिनय गरेका चलचित्रहरु त औषत त के डिजास्टर नै भयो । कुनै समय अनुपबिक्रम शाहीको प्रेमिकासमेत रहेकी उनको पछिल्लो समय ‘रानी’ र ‘लिला’ चलचित्र रिलिज भए । ती दुबै चलचित्रहरु असफल भए । ‘ऋतु’मार्फत नेपाली रजतपटमा डेब्यु गरेकी मलिना सामाजिक सञ्जालमा पनि निकै सक्रिय छिन् ।

केही समय अगाडी बलिउड नायक निल नितिन मुकेशसंगको तस्बिरका चर्चामा आएकी मलिनाले फेरी अर्काे तस्बिर सेयर गरेकीछिन् । उनले चर्चित शो सिआईडीका चर्चित पात्र दया अर्थात दयानन्द शेट्टीसंगको तस्बिर सेयर गरेकीछिन् । उनले तस्बिर सेयर गर्दे लेखेकीछिन् ‘सिआइडीको सेटमा ।’ साथमा उनले ह्यासट्यागमा सोनीटेलिभिजन र दया भनेर पनि उल्लेख गरेकी छिन् ।

उनको पहिरन हेर्दा कतै उनी सिआईडीमा अभिनय गर्न लागेकी त छैनन् भन्ने चर्चा सुरु भएको छ । उनले यसमा अभिनय गरेकी हुन् की होईनन् भन्नबारेमा जान्नको लागि केही समय त कुर्ने नै पर्छ । यसअघि सोनी र साहारा टेलिभिजनको सिरीयलमा नायिका उषा पौडेलले अभिनय गरिसकेकीछिन् ।