अभिनेत्री श्रीदेवीलाई कुनै रोगले च्यापेको थिएन । उनी थलिएकी थिइनन् । वा रोगको उपचार पनि गराइरहेकी थिइनन् । सग्लो थिइन् । स्वस्थ्य थिइन् । उनी मनोरञ्जनकै मुडमा थिइन् । दुबईमा आफ्ना भान्जाको बिहे थियो, त्यही रमझममा सामेल हुन पति बोनी कपुर र कान्छी छोरीसँग दुबई पुगेकी थिइन् ।

तर, अचानक उनको मृत्यु भयो ।

के कारणले यसरी अचानक मृत्यु हुनसक्छ  ? वास्तवमा हृदयघातको कारण उनको अनपेक्षित मृत्यु भयो । यो अचानक हुने दुर्घटना हो । यसलाई साइलेन्ट हार्ट अट्याक्ट पनि भनिन्छ । यस्तो जो कोहिलाई हुनसक्छ, जहाँपनि हुनसक्छ ।

सग्लो व्यक्तिको अचानक मृत्यु हुन्छ भने, त्यसको पहिलो कारण हुनसक्छ साइलेन्ट हार्ट अट्याक्ट । चिकित्सकहरु भन्छन्, यस्तो अवस्थामा जति सक्दो छिटो अस्पताल पुर्‍याउन सकिन्छ, उत्तिनै उपचार संभव हुन्छ । तर, हामीकहाँ त यस्तो अनुकुलता नमिल्न पनि सक्छ ।

एक त अस्पतालको पहुँच नहुने, अर्को सवारी साधन पनि । त्यसैले संभावित जोखिमबारे बच्नका लागि विशेष जानकारी भने हुनसक्छ । यस्ता जानकारीले केहि हदसम्म भएपनि खतरालाई टार्न सकिन्छ ।