कलाकार तथा निर्माता दिपकराज गिरीको छोरी मौसमी गिरीको बिवाह सम्पन्न भएको छ ।नुवाकोटको विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितका छोरा सुशील पण्डितसँग हिन्दु परम्परा अन्र्तगत शनिबार मौसमीको बिवाह सम्पन्न भएको हो ।

आफ्नो फेसबुकमा दिपकले पोष्ट गर्दै लेखेका थिए हातका औलाहरु धेरै हुन्छन् र त्यसको नाम पनि भिन्न हुन्छन् । मुटु एउटै हुन्छ, र त्यसको नाम मुटु हो ।’ शनिबार दिपकले आफ्नो मुटु एक मात्र छोरी मौसमी सुशिलको हातमा सुम्पिएका छन् ।

मौसमीको बैवाहिक समारोहमा चलचित्र क्षेत्रका केही व्यक्तीत्वहरु समेत उपस्थीत भएका थिए ।