
ठेठवार समाजले निकै बर्षहरूदेखि यो नियम लागू गरिराखेको छ र यो नियम सबैले पालन समेत गरिरहेका छन । गाइ पाल्नेहरू अर्थात ठेठवार समाजमा यो नियमा निकै कडा रूपमा पालन भैरहेको छ । यहाँको यदु समाजका अनुसार गाइ माताको सेवा गर्नुपर्दछ, कुखुराको हैन। कुखुरा पाल्दा मानिसहरूको ध्यान त्यतै जान्छ, गाइ तिर ध्यान कम हुन्छ । कांकेर र नारायणपुर जिल्लाको आरमेटा, करलखा, धनोरा, कन्हारगाउँ चिल्हाटी, तालाकुर्रा, कोटा आदि गाउँहरूमा यो प्रथा आज पनि प्रचलनमा रहेको छ ।
उता, करलखा गाउँका शेषलाल यदु पनि यसै समाज अन्तर्गत पर्दछन । उनले बताए अनुसार समाजका मानिसहरूलाइ यति सानो रकमको अर्थदण्ड दिँदा कुनै समस्या हुँदैन तर उनीहरू यसलाइ आफ्नो बेइज्जती सम्झन्छन, त्यसैले कुखुरा पाल्दैनन ।
अबुझमाडको कुंदला, किहकाड़, बेचा, हुकपाड जस्ता केही गाउँमा भने केही ठेठवार परिवारले कुखुरा पालेका छन । उनीहरू जब समाजका पदाधिकारी गाउँमा आउँदछन, कुखुराहरू लुकाउने गरिन्छ ।
जन्म र मृत्यु संस्कार पनि ठेठवार समाजको केही भिन्न छ । बच्चा जन्मिएपछि ६ दिनको कार्यक्रम हुन्छ । यसमा महिलाहरूलाइ आमन्त्रित गरिन्छ । एक पटक ठुलो भोज पनि दिइन्छ तर यो भोज शाकाहारी हुन्छ । यस बाहेक नाऊ(धोबीलाइ पनि भोज खुवाइन्छ । कुनै कुनै खुशीका अवसरमा भने इष्टमित्रहरूलाइ कुखुरा पनि खुवाइन्छ । कुखुरा पाल्न नपाइने तर खान पाइने भएका कारण अहिले यो कुराको चर्चा मिडियाहरूमा निकै भैरहेको छ ।