इटहरी । सुनसरीको इटहरीस्थित ट्याङ्ग्रा खोलामा  आइतबार दिउँसो डुबेर दुई बालकको मृत्यु भएको छ।

इटहरी–३ कल्याण चोकका दीपसन चौधरी र इटहरी–२ का क्रिश्वास लिम्बू नुहाउने क्रममा खोलामा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । शनीबार राती देखि परेको अविरल वर्षाका कारण खोलामा आएको सामान्य बाढीले बगाउदा उनिहरूको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुवै बालकलाई तत्कालै उद्धार गरी मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पताल लगिएको थियो। तर, अस्पताल पुगेपछि चिकित्सकले मृत घोषणा गरेका थिए। दुवै बालकहरूको शव विराट शिक्षण अस्पतालमा राखिएको र घटनाबारे थप अनुशन्धान भइरहेको इटहरी प्रहरीले जनाएको छ ।