श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४५ वि.सं. २०८२ साल साउन ५ गते सोमबार, २१ जुलाई २०२५, सिद्धार्थीनाम संवत्सर। श्रावण कृष्णपक्षको एकादशी तिथि ०८ः२१ बजेसम्म, उप्रान्त द्वादशी, नक्षत्र रोहिणी २०ः५४ बजेसम्म, उप्रान्त मृगशिरा, चन्द्रमा राशि वृष, सूर्याेदय ०५ः२२ बजे र सूर्यास्त ०६ः५७ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
शरीरमा कमजोरी अनुभूति हुनेछ। जोखिमपूर्ण तथा विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला।   
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
लगनशील बन्दाबन्दै पनि काममा पछि परिनेछ। स्वास्थ्यका लागि विश्राम र आहारविहारमा ध्यान पु¥याउनु होला। 
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
बिछोडिएका आफन्तजनसँग रमाइलो भेटघाट हुनेछ। प्रेम र मित्रताको बन्धन कसिने समय छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 
परिवारजनको साथले उत्साह जगाउनेछ। अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ।  
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
व्यापार र पेसामा राम्रै फाइदा हुनेछ। रमाइलो यात्रा हुनुका साथै स्वादिष्ट खानपानको समेत आनन्द प्राप्त हुनेछ। 
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ। पुरुषार्थ देखाएरै समाजमा स्थापित बन्न सकिनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
चुनौती पन्छाएर काम बनाउन सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा पनि विजयी भइनेछ।  
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
व्यापारलगायत आर्थिक लाभ लिने योजना कार्यान्वयन हुनेछन्। दिगो काम सुरु गर्न सकिनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
छोटो समयमा विशेष उपलब्धि प्राप्त हुनेछ।अवसरका साथै भौतिक साधनसमेत जुट्नाले दिन उत्साहजनक रहनेछ।        
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। अध्ययनमा प्रगति हुनेछ। मिहिनेतले सजिलै लक्ष्यमा पुग्न सकिनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
शैक्षिक प्रतिस्पर्धामा अग्रस्थान हासिल हुनेछ। बल तथा बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। 
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
नयाँ काम शुभारम्भ गर्ने समय छ। गुरुजनको साथ–सहयोग जुट्नेछ। अध्ययन–अध्यापनमा रुचि बढ्नेछ ।