श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४५ वि.सं. २०८२ साल साउन ६ गते मङ्गलबार, २२ जुलाई २०२५, सिद्धार्थीनाम संवत्सर। श्रावण कृष्णपक्षको द्वादशी तिथि ०६ः०५ बजेसम्म, उप्रान्त त्रयोदशी, नक्षत्र मृगशिरा १९ः३३ बजेसम्म, उप्रान्त आद्र्रा, चन्द्रमा राशि वृष, सूर्याेदय ०५ः२२ बजे र सूर्यास्त ०६ः५७ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)

आँटेको काम तत्काल बन्नेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ।    

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

पहिलेको सफलताले थप हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीले साथ दिनेछन्। 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

बिछोडिएका आफन्तसँग भेटघाट होला। पहिलेका कमजोरी सुधार्दै फाइदा उठाउने समय छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

पहिरनले व्यक्तित्व निखार्ने हुँदा आकर्षक भइनेछ।अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ।  

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

शुभचिन्तकहरूको सहयोगले फाइदा उठाउन सकिनेछ। वादविवादबाट टाढा रहनुहोला। 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

आजको श्रमबाट पछिलाई फाइदा हुनेछ। आफ्ना सूचनासम्बन्धी गोपनीयतामा ध्यान पु¥याउनु होला।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

कामको नतिजा तत्काल प्राप्त नहुन सक्छ। अरूबाट फाइदाको आशा गर्दा आफ्नै धनमाल गुम्न सक्छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

बेलामा होस नपु¥याउँदा खर्च गराउनेहरू सक्रिय हुनेछन्। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

किनमेलमा अधिक खर्च हुने देखिन्छ। उपकरण बिग्रनाले मर्मतमा खर्च गर्नुपर्ला।        

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिलेका कामबाट प्रशस्त लाभ हुनेछ। रकम हातलागी हुने समय छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ। धनको उपयोगबाट मनग्य फाइदा उठाउन सकिनेछ। 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

दिगो फाइदा हुने काममा जग बसाउने मौका प्राप्त हुनेछ। व्यापारबाट  मनग्य फाइदा हुनेछ ।