hileधनकुटा/ बर्षौ अघिवाट खानेपानिको समस्या झल्दै आएका धनकुटाको हिलेवासीले आफ्नै प्रयासमा जमिनमुनीको पानीलाई ‘डिप बोरिङ’ गरेर खानेपानी योजना सनिवार देखी सञ्चालनमा ल्याएका छन् । हिलेबजार खानेपानी उपभोक्ता समितिको पहल र बजारबासीको २९ लाख, ६० हजार वरावरको लगानीमा ‘डिप बोरिङ’ गरेर खानेपानी योजना सञ्चालन गर्न लागिएको हो । १८५० मिटरको उचाईमा रहेको हिलेबजारमा खानेपानिको लागि उपयक्त मुहान फेला नपरेपछि बिकल्प स्वरुप ‘डिप बोरिङ’ प्रबिधि मार्फत खानेपानी योजना सञ्चालनमा ल्याइएको हिले खानेपानी उपभोक्ता समितिका अध्यक्ष कृष्ण तितुङ तामाङले ब्लाष्टलाई वताएका छन् ।

दूई हप्ता अघि काठमान्डौको एशियन ड्रिलिङ कम्पनी प्रा.लि.का प्राविधिकहरुले जमिन मुनीको पानीलाई बाहिर निकाल्न सफल भएका थिए । पानी संचालनको लागी जेनेरेटर लगायतका आवश्याक उपकरणहरुको सम्पुर्ण तयारी भएकाले सनिवार देखी खानेपानी संचालनमा आएको अध्यक्ष तामाङले वताएका छन् । दुई सय मिटर तल गहि¥याइसम्म ड्रिलिङ गर्नु पर्ने स्टीमेटमा रहे पनि एकसय आठ मिटर गहिरो ड्रिलिङ गरेपछि पर्याप्त पानी निस्कीएको प्रबिधिकहरुले जानकारी दिएका छन् । उनीहरुले ६५ मिटर गहि¥याईको लेवलवाट प्रशक्ष्त पानी निस्किएको पनि जानकारी दिएका छन् ।

खानेपानी योजनाको थप व्यावस्थित् गर्नको लगाी लागि ४० लाखको हाराहारीमा खर्च लाग्ने अनुमान गरिएको छ । यो रकम ६९१ वटा धाराका उपभोक्ता र योजना चलेपछि वितरण गरिने नयाँ धाराका उपभोक्ताबाट प्रति भधारा ४ हजारको दरले रकम संकलन गरिएको र ७५ प्रतिशत रकम उठिसकेको हिले खानेपानी उपभोक्ता समितिका अध्यक्ष कृष्ण तितुङ तामाङले वताएका छन् । हिलेमा हाल विभिन्न ८ वटा मुहानको पानी संकलन गरेर खानेपानी योजना चलेपनि सुख्खायाममा पानिको हाहाकार हुने गरेको छ । ‘डिप बोरिङ’ प्रबिधिबाट प्रतिसेकेन्ड ६ देखी ८ लिटर पानी उपलव्ध भएको छ । प्रति सेकेण्ड ६ देखी ८ लिटरको दरले आउने पानी हिलेमा खानेपानी उपभोक्ता समितिले वनाएको १९ वटा ट्याङ्गकी मार्फत जम्मा गरि वितरण गरिने वताइएको छ ।

तराईमा डिप वोरिङ्ग गरेर पानी निकाल्ने प्रचलनमा रहेको यो प्रबिधि पुर्बी पहाडमा भने पहिलो पटक धनकुटाको हिलेमा खानेपानी आयोजनाको रुपमा सञ्चालन गरिएको हो । खानेपानी योजना संचालन भएसंगै हिलेमा रहेका ६ सय ९१ धारावाट खानेपानी दुःखले खाईरहेका ७ हजार स्थानियवासी खानेपानीको समश्यावाट मुक्त हुने स्थानिय समाजसेवी एवं स्थानिय शान्ति समिति धनकुटाका संयोजक लालचन्द्र गोङ्गवा तामाङले वताएका छन् ।

उनले विशेष गरेर हिलेमा हिउँद लागे पछि खानेपानीको दुःख हुने गरेको र खानेपानीको हाहाकार पनि सुख्खायाम लागेसंगै हुने भएकाले नयाँ प्रविधिको डिप वोरिङ गरेर खानेपानी उपभोक्ता समिति र उपभोक्ताहरुको निजि लगानीवाट खानेपानीको नयाँ श्रोत पहिचान गरि संचालमा ल्याइएको वताएका छन् ।