काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्र्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नख्खु कारागार सारिएको छ । उनलाई विमानस्थलबाट सिधै आयल निगम हुँदै नख्खु पु¥याइएको हो ।
सहकारी ठगी मुद्दामा उनी रूपन्देही कारागारमा थिए । उनको निवेदनका आधारमा शनिबार नख्खु जेलमा हवाईजहाजमार्फत् ल्याइएको हो । लामिछानेलाई स्वागत गर्न उनका समर्थकहरू पत्नी निकिता लामिछानेसहित विमानस्थलबाहिर ठूलो सङ्ख्यामा उपस्थित भएका थिए । तर, सुरक्षाका कारण उनलाई तल्लो बाटो हुँदै नख्खु कारागार पु¥याइएको छ ।
सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई कारागार विभागले उनले जेठ १४ गते दिएको निवेदनको आधारमा सरुवा गर्ने निर्णय गरेको थियो । उनलाई भैरहवाबाट बुद्ध एयरको उडानमार्फत् काठमाडौं ल्याइएको विभागका सूचना अधिकारी सन्देशप्रसाद जोशीले जानकारी दिए ।
कारागार स्रोतका अनुसार रविलाई राखिएको ब्लकमा करिब ४ सय कैदीबन्दी राखिएका छन् । रविलाई त्यो ब्लकको एउटा छुट्टै कोठामा राख्ने तयारी कारागारको आन्तरिक प्रशासनले गरेको छ ।