भोजराज श्रेष्ठ,
धरान/  आठ वर्ष लामो विदेशयात्रामा पूर्णविराम लगाउने अठोट लिएका धरान–१५ चामेश्वर मार्गका रामकुमार श्रेष्ठ फ्रेस हाउसबाट दैनिक जीवन धानिरहेका छन् । चार वर्ष मलेसिया र चार वर्ष बहराइनमा पसिना बगाएका श्रेष्ठले घडेरी र केही जग्गा त्यहाँकै कमाइले जोडे तर जीवनलाई जोड्ने माध्यम आप्mनै देशमा खोजिरहेका छन् । चामेश्वर मार्गको शुरुमै भेटिने श्रेष्ठको सानो पे्रmेस हाउस परिवार धान्ने दैनिकी बनेको छ । बिहान र बेलुका उनको पे्रmस हाउसमा ग्राहकहरु देखिन्छन् । सानो घुम्ती छ । त्यो घुम्तीमा उनी तरकारी बेच्छन् ।
कमाइ नहुँदा पनि दैनिक ५ सय रुपैयाँमा घट्दैन । बढ्दा दैनिक १२ सयसम्म हात लाग्छ तर घरखर्च धान्न मात्रै पुगिरहेको उनी सुनाउँछन् । ‘दैनिक एक सय बचत गरेको छु । त्योभन्दा बढी गर्न सकेको छैन ।’ उनी भन्छन् । घर बनाएर पसल व्यवस्थित बनाउने उनको सोच छ । सानो दुईकोठे लाम्चो आकारको घर छ । उनी एकतले घर ठड्याउने तयारीमा छन् । त्यसका लागि केही रकम बचत पनि  गरेका छन् । ‘घर बनाएपछि यो पे्रmस हाउस बढाउँछु अनि कमाइ पनि बढ्ला, बचत पनि बढ्ला ।’ उनी भन्छन् । विदेशमा गरेको दुःख सम्झिएर उनले स्वेदशमै पसिना बगाउने दृढ अठोठ बोकेका छन् । ‘विदेशमा जति गरियो गरियो, अब यहीँ बसेर दुःख गर्ने सोच छ । त्यहाँ जति दुःख गर्दा यहाँ पनि कसो नहोला ?’ श्रेष्ठ भन्छन् ।
भोजपुरको याकु–३ बाट धरान झर्दा १६ वर्षका थिए श्रेष्ठ । आर्थिक अवस्था कमजोर भएकै कारण पढाइ अघि बढेन । सात वर्ष बिस्कुट प्mयाक्ट्रीमा ७ सय रुपैयाँका लागि दिनरात घोटिए । त्यो कमाइले जीवन नचलेपछि बाध्य भएर उनी विदेश हान्निए । चारवर्षे मलेसिया–दुःखले ८ लाख बचत भयो । त्यही पैसाले धरान–१५ मै साढे १७ धुर जग्गा किने । पछि बेचेर धरान–१५ कै चामेश्वर मार्गमा घडेरी किने जहाँ अहिले सानो घर बनाएर उनले दैनिकी गुजारिरहेका छन् । दुःख उनको साथी हो । दुःखलाई जित्न सिकेका श्रेष्ठले विदेशको कमाइबाट अन्यत्रसमेत जग्गा किनेका छन् । त्यो जग्गा बेचेर घर बनाउँदै फ्रेस हाउसलाई व्यवस्थित बनाउने सोच उनले राखेका छन् । स्वदेशमै पसिना बगाउन पे्रmस हाउस पर्याप्त छैन, त्यसैले उनको सानो तरकारी पसल पनि छ । गुजारा त यसै पनि चलेको छ तर बुढेसकालमा चाहिने बचत गर्न पे्रmस हाउस र तरकारी पसललाई बढाउन उनले जरुरी ठानेका छन् ।
‘अहिले बिक्री कम छ । दैनिक १० केजीदेखि २५ केजीसम्म मात्रै मासु बिक्री भइरहेको छ’, उनी भन्छन्, ‘केही व्यवस्थित गरेँ भने मासुको डिमाण्ड बढ्छ ।’ थोरै कमाए पनि विदेशमा  भन्दा परिवारसँग उनी खुसी छन् । श्रीमती र एक छोरा छन् । विदेशमा परिवारको माया पाउन नसकिने भन्दै विदेशबाट उनको ध्यान मोडिएको छ । ‘जति बस्नु बसेँ, अब फेरि विदेशलाई मनमा राखेको छैन ।’ उनी भन्छन् ।
स्वदेशको कमाइलाई बचाउन सके विदेशमा भन्दा कम नहुनेमा उनी ढुक्क छन् । उनले थपे, ‘विदेशमा पनि हामीजस्ता मजदुरलाई मासिक उही १०–२० हजार हो । व्यवस्थित तरिकाले गरे यहाँ पनि त्यति हुन्छ तर घरखर्चमै सकिन्छ– फरक त्यत्ति हो ।’ अहिले विदेशका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट छिर्ने दैनिक १५ सयभन्दा बढी युवालाई सरकारले बजार व्यवस्थापन मात्रै गरिदिने हो भने श्रेष्ठजस्ता धेरै युवाले स्वेदशमै कुल गार्हस्थ उत्पादन (जीडीपी) बढाइरहेका हुन्थे ।