श्री शालवाहनीय शाके १९४६ ने.सं.११४५ वि.सं. २०८२ साल जेठ ९ गते शुक्रबार, २३ मे २०२५, सिद्धार्थीनाम संवत्सर। ज्येष्ठ कृष्णपक्षको एकादशी तिथि १८ः३९ बजेसम्म, उप्रान्त द्वादशी, नक्षत्र उत्तरभाद्र १२ः३६ बजेसम्म, उप्रान्त रेवती, चन्द्रमा राशि मीन, सूर्याेदय ०५ः१३ बजे र सूर्यास्त ०६ः४९ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
आकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ। बेलैमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
बेलैमा समय दिन नसक्दा काम बिग्रन सक्छ। लगानी बढाउनुपर्ने बाध्यात्मक परिस्थिति आउन सक्छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। शुभचिन्तकहरू समेत टाढा हुनेछन्।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
काममा दोहो¥याएर प्रयत्न गर्नुपर्ला।कर्मयोगबाट विशेष फाइदा हुनेछ। साझेदारीबाट लाभ मिल्नेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
प्रशंसकहरू बढ्नेछन् र शुभचिन्तकहरूको साथ पाइनेछ। नयाँ अवसर प्राप्त हुनुका साथै आम्दानीका स्रोत फेला पर्नेछन्।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समयमै काम बनाउन सकिनेछ। नयाँ कामतर्फ अग्रसर भइनेछ। पुरुषार्थी काम प्रारम्भ हुनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
प्रयत्न गर्दा विशेष स्थान प्राप्त हुनसक्छ । भविष्यका लागि विशेष काममा जग बसाउने अवसर जुट्नेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
नोकरी तथा व्यापार–व्यवसायमा लाग्नेहरूलाई फाइदा होला। रुचिका विषयमा लगानी बढाउने अवसर प्राप्त हुनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
सहयोगको नाममा आफ्ना कमजोरीको फाइदा उठाउनेहरू मात्र फेला पर्नेछन् । नयाँ काम प्रारम्भ गर्न बाधा पर्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
अस्वस्थताका बावजुद कामको जिम्मेवारी बढ्नेछ। तापनि प्रयत्न गर्दा फाइदाका स्रोत पहिचान गर्न सकिनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
धर्म–कर्म र परोपकारी काममा समेत प्रवृत्त भइनेछ । अध्ययन अध्यापनमा रुचि बढ्नेछ ।