काठमाडौँ ।अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ। बुधबारदेखि पहेँलो धातुको मोल निरन्तर बढेको छ। आज तोलामाएक हजार ७सय ले वृद्धि भएको छ। चाँदी पनि तोलामा ३५ ले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य एक लाख ९१ हजार ५ सय कायम भएको छ भने त्यति नै परिमाणको चाँदी दुई हजार २५ मा कारोबार भइरहेको छ।
अन्तरराष्ट्रिय बजारमा आज प्रतिऔँस सुन तीन हजार ३ सय ५५ डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।
































