श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४५ वि.सं. २०८२ साल जेठ ८ गते बिहीबार, २२ मे २०२५, सिद्धार्थीनाम संवत्सर। ज्येष्ठ कृष्णपक्षको दशमी तिथि २०ः५१ बजेसम्म, उप्रान्त एकादशी, नक्षत्र पूर्वभाद्र १३ः५७ बजेसम्म, उप्रान्त उत्तरभाद्र, चन्द्रमा राशि कुम्भ, सूर्योदय ०५ः१४ बजे र सूर्यास्त ०६ः४९ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
नयाँ अवसरका साथै आम्दानीका स्रोत फेला पर्नेछन्। श्रमको उचित मूल्याङ्कन हुनेछ।    
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। व्यापारमा राम्रै नाफा उठाउन सकिनेछ । छोटो समयमै काम बनाउन सकिनेछ।   मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
नयाँ कामतर्फ अग्रसर भइनेछ। आम्दानी बढ्नाले जीवनशैलीमा पनि परिवर्तन आउन सक्छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
समाजले पदीय जिम्मेवारी दिलाउनेछ। नसोचेको अवसर प्राप्त हुनाले मन प्रफुल्लित हुनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। भाग्यले विभिन्न अवसर दिलाउनेछ । काम देखाएर फाइदा लिने समय छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
शुभचिन्तकहरूको साथले पहिलेको चुनौती समाप्त होला। मिहिनेतले दाम, इनाम र हातपार्न सफल भइनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
परिस्थितिवश चिताएको काममा बाधा पुग्नेछ । अरूका लागि रकम र बुद्धि खर्चनुपर्ला ।   
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्। समयअनुसार चल्न नसक्ता अलि दुस्ख पाइनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ।प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहो¥याउनु पर्ला।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
परिबन्दले अलि अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ। तापनि चुनौतीभित्र अवसर खोज्ने समय छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
प्रयत्न गर्दा नसोचेको उपलब्धि पनि प्राप्त हुनसक्छ। तर कामकै लागि दौडधुप गर्नुपर्ने समय छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
स्वास्थ्य कमजोर रहनेछ, आहारविहारमा सजग रहनुहोला। व्यापार–व्यवसायमा सोचेअनुरुप लाभ हुनेछैन ।