भद्रपुर । माउन्टेन इङ्लिस सेकेण्डरी बोर्डिङ स्कुल बाह्रदशीका १७ जना विद्यार्थी स्कुलमा जडान गरिएको धाराको पानी पिउँदा बिरामी परेका छन् ।

बुधबार दिउँसो २ बजे बाह्रदशी गाउँपालिका वडा नं.६ स्थित मिनी माउन्टेन इङ्लिस सेकेण्डरी बोर्डिङ स्कुलमा अध्ययनरत विद्यार्थीहरूले सोही विद्यालयको खानेपानीको धाराबाट पानी पिउँदा पेट दुखेर सिकिस्त भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

बिरामी विद्यार्थीहरूलाई विद्यालयका शिक्षकहरूले उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोडमा पु¥याई उपचार गराइरहेको जिल्लाका डिएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए । बिरामी विद्यार्थीहरूको अवस्था सामान्य रहेको अस्पताल स्रोतले जनाएको छ ।