- कृष्ण विदुखी
तेह्रथुम /तेह्रथुम जिल्लाको लसुने आसपालको क्षेत्र अहिले मौरी चराउन ल्याउने किसानको आकर्षण केन्द्र बन्दै गएको छ । लामो खडेरीले तराईमा तोरी, सस्र्यु लगायतका अन्य बालीमा फूल फूल्न छाडे पछि अहिले तराईको झापा देखि यस क्षेत्र सम्म मौरी चराउन ल्याउने क्रम बढ्दै गएको हो ।
यस ठाउमा फूलेका महुवा, चिउरी, पयु, आल्चा, आलुवखडा, अैसेलु, घघरु लगायतका फूल प्रसस्त पाईने भएकाले फूलमा मौरी चराउन ल्याएको कन्काई ४ झापाका मौरी पालक किसान देवीनारायण अधिकारीले बताए । परम्परागत घार एक ठाउँबाट अर्काे ठाउँमा लैजान नसकिने भए पनि आधुनिक घार भने एक स्थानबाट अर्काे स्थानमा सवारी साधनमा राखी सजिलै सगँ लैजान सकिने हुदाँ तराईदेखि लसुने आसपालको क्षेत्रमा मौरी चराउन ल्याएको कृषक अधिकारीको भनाई छ ।
खेतवारीमा फूल फूल्ने बाली सकिए पछि मौरीको लागि आवश्यक पर्ने आहाराको अभाव हुदै गएकाले मौरीले काम गर्नका लागि प्रशस्त फूल फूल्ने बोटविरुवा आवश्यक पर्ने र त्यसका लागि यस क्षेत्र उपयुक्त रहेकाले मौरी चराउन ल्याएको अर्का मौरी कृषक कृष्ण अधिकारीले बताए ।
विषेस गरि चैत्र सुरु भए पछि यस क्षेत्रमा मौरी ल्याउने र जेष्ठमा ल्यैजाने गरिन्छ । यस क्षेत्र शान्त बारावरण सगै मौरीका लागि राम्रो हावा पानी रहेकाले र प्रशस्त मात्रामा फूल फूल्ने बोटबिरुवा भएकाले मौरी चराउन ल्याउने गरिएको छ । यस क्षेत्रमा मौरी चलाउन ल्याउनेको संख्या बढ्दै गएको स्थानीयवासी लक्ष्मण खनाल बताउछन ।
थोरै जमिन भएका र भुमिहीनले समेत सजिलै पाल्न सक्ने मौरी पालन व्यवसाय प्रति पछिल्लो समय किसानको आकर्षण वढ्दो छ । फुर्सदको समयमा रेखदेख गरे पुग्ने र अन्य पेशा व्यवसायमा लागेकाहरुले पनि सजिलै पाल्न सक्ने भएकाले मौरी पालन व्यवसाय प्रति गाउ देखी शहर सम्मका किसानको आकर्षण बढेको छ ।
महको वजार अभाव नभएको र मौरी गोलाको समेत अत्याधिक माग रहेकाले किसानले अन्य पेशा व्यवसाय संगै मौरी पालन व्यवसायलाई अगाडी बढाएको बसन्तपुरका कृषक चन्द्र बहादुर कार्की बताउछन । सेरेना जातका मौरी पालनका लागि उपर्युक्त हावापानी, भौगोलीक वातावरण र चरन रहेकाले जिल्लामा मौरी पालन व्यवसायको प्रचुर संभावना रहेको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत मनोज यादवले वताए । कार्यालयका अनुसार जिल्लामा मुढे, खोपे, अन्य परम्परागत र आधुनिक घारमा समेत गरी १५ हजार वढी मौरी गोला किसानले पालेका छन् । यो व्यवसायबाट ५ हजार वढी किसानले प्रत्यक्ष रोजगारी पाएको कार्यालयले जनाएको छ । कार्यालयले सोल्मा, मोराहाङ र ओयाक्जुङ गाविसलाई मौरी पालन पकेट क्षेत्रको रुपमा छनौट गरी मौरी गोला उत्पादन गरीरहेको जनाएको छ । मौरी पालन व्यवसायमा देशभरका किसानको आकर्षण वढीरहेको तर सरकारले उपलव्ध गराउने सिमित वजेटबाट किसानका माग सम्वोधन गर्न नसकीएको मौरी पालन विकास शाखा गोदावरीकी वरिष्ठ मौरी विज्ञ सावित्री वरालले वताईन् । देशभरीका मौरी पालक किसानबाट तालिमको माग आईरहेको तर मौरी विकास शाखामा मौरी विज्ञको संख्या थोरै र वजेट न्युन भएकाले किसानको माग पुरा गर्न समस्या भएको मौरी विज्ञ वरालको भनाई छ ।
कम छैन चुनौती
परापुर्व काल देखी परम्परागत रुपमा मौरी पालन गर्दै आएका किसान पछिल्लो समय आधुनिक र व्यवसायीक मौरी पालन तर्फ आकर्षित भएका छन् । मौरी पालन व्यवसायमा लगानी समेत वढाई रहेका छन् । तर सरकारी स्तरबाट अलग्यै मौरी पालन विकास नीति वन्न नसक्नु, गुणस्तरीय मौरी पालन, मह उत्पादन प्रशोधन तथा बजारीकरण जस्ता मुद्धा सम्वोधन हुन नसक्दा किसानले समस्या भोगीरहेका छन् । मौरीले परागसेचनका माध्यमबाट वालीनाली तथा वोट विरुवामा पु¥याउने फाईदाका वारेमा किसानलाई जानकारी नहुनु तथा मौरी नपाल्ने किसानले आफ्नो वालीनालीमा लाग्ने रोगकिरा नियन्त्रणका लागि छर्किने विषादी पनि मौरी पालक किसानका मुख्य चुनौती हुन् ।
असल कृषि अभ्यास र असल मौरीपालन अभ्यासका वारेमा किसानलाई जानकारी गराउन नसक्दा मौरी पालन व्यवसायबाट किसानले आशा गरेजस्तो फाईदा लिन नसकेको मौरी विकास शाखा गोदावरीले जनाएको छ । वालीनालीमा वढी हानीकारक विषादीको प्रयोग, विषादी छर्ने किसानलाई कारवाही हुन नसक्नु, व्यवसायीक मौरी पालन तर्फ अनुसन्धान तथा प्रविधिको विकास नहुनु, सरकारवाला निकाय गम्भिर नदेखीनु, दक्ष प्राविधिक नहुनु, वन फंडानी, डडेलो वाट मौरी चरनमा ह्रास आउनु, चरन क्षेत्रमा यातायातको पहुूच नुहुनु, प्रशोधन, प्याकेजीङ जस्ता सुविधा जिल्ला स्तरमा नुहुदा मह व्यापारमा समस्या हुनु जस्ता कारणले गर्दा मौरी पालन व्यवसाय चुनौती पुर्ण हुदै गएको मौरी पालन व्यवसाय गरीरहेका किसानहरु बताउछन ।