सम्पादकीय

    Showing ७१-८० of १४५ items.
  • धार्मिक र सांस्कृतिक सहिष्णुतासँगै पप कल्चर बनेको तीज

    हिन्दू धर्मसँग जोडिएको आध्यात्मिक पर्व तीजको हालको संस्करणले ग्लोवल संस्कृतिको रूप लिएको छ । ग्लोवल भइसकेपछि त्यो संस्कृति वा संस्कार कुनै जाति, धर्म वा सम’दाय विशेषको पेवामा सीमिति हुँदैन । आधादशक अघिसम्म तीज पर्व हिन्दू धर्मावलम्बी महिलाहरूले आफ्नो माइत घर जाने बहाना निकाल्ने गतिलो माध्यमको रूपमा लिने गरेका थिए । तर तीज अब त्यस्तो माइत जाने पर्वको रूपमा रहेन । महिला अधिकार, महिला मुक्तिको आन्दोलन, महिला स्वतन्त्रतासँग तीजलाई जोडेर परिभाषित गर्न थालिएको छ । बहुलवादी समाजमा गैर हिन्दू महिलाहरूले पनि विना हिचकिचाहट मनाउनुको औचित्य प्रस्टिदै छ । चरम लैङ्गिक विभेदलाई समाप्त पार्न सवै वर्ग

    • प्रकाशित मितिः भदौ १७, २०७६
    • २०७ पटक पढिएको
    • ब्लाष्ट खबर
  • त्यो बेलाको तीज र यो बेलाको तीज

    तीज पर्व सामान्य हर्षोल्लासका निमित्त मनाउने चाड मात्र नभएर यसको आफ्नै सामाजिक, सांस्कृतिक, आध्यात्मिक महत्व छ । पूर्वीय वैदिक सनातन धर्म परम्पराका विभिन्न पौराणिक एवम् आध्यात्मिक ग्रन्थहरूमा यसको महिमा उल्लेख गरिएको छ । स्कन्द पुराण र भविष्योत्तर पुराणमा वर्णन भए अनुसार स्वयं माता पार्वतीले पनि नारी जातिको आफ्नो अनुकूलको योग्य वर छान्न पाउने जन्मसिद्ध नैसर्गिक अधिकारलाई व्यावहारिक रूपमा स्थापित गराउन तपस्या (सत्याग्रह र शान्ति पूर्ण आन्दोलन) गरेर आफू अनुकूल वर छानी व्यावहारिक रूपमा समाजमा स्थापित गरेको देखिन्छ । त्यही किम्वदन्ती अनुसार आज हिन्दू महिलाहरू निराहार व्रत बसी श्रद्धापूर्वक शिवको प

    • प्रकाशित मितिः भदौ १६, २०७६
    • १८२ पटक पढिएको
    • ब्लाष्ट खबर
  • उर्लाबारी नगरको द्वन्द्व समाधान गर

    देशभरका ७५३ वटा स्थानीय तहमा प्रमुख र उपप्रमुखबीच मतभिन्नता, राजनीतिक असमझदारी बढेको बेलाबेलामा समाचार आउने गरेका छन् । एउटै पार्टीका प्रमुख उपप्रमुख भएका स्थानीय तहमा समेत खटपटका कथाहरू अखबारहरूमा छापिदैं आएका छन् । झन् भिन्न पार्टीका प्रमुख उपप्रमुख भएका स्थानीय तहमा द्वन्द्व झन् चर्किएको छ । जनताका कामभन्दा पनि आफ्नो दल र निकटका व्यक्तिका लागि मरिमेट्ने प्रवृत्तिले जनता चुपुवामा परेका छन् । पछिल्लो समय मोरङको उर्लाबारीको प्रमुख उपप्रमुखको द्वन्द्व अदालतमै पुगेको छ । आन्तरिक घर सल्लाह अदालतमै पुगेर स्टे अडर नै जारी हुनु नगरपालिकाका लागि शुभ सङ्केत मान्न सकिँदैन ।गत असार २९ गते भएको चौथो नगरस

    • प्रकाशित मितिः भदौ १३, २०७६
    • १८४ पटक पढिएको
    • ब्लाष्ट खबर
  • डेङ्गु नियन्त्रणका लागि खोई सरकारको सक्रियता ?

    मुलुकका अधिकांश जिल्लामा डेङ्गुको महामारी देखिएको छ तर सरकार, सरोकारवाला र स्वास्थ्य मन्त्रालयका अधिकारीहरू सुतिरहेका छन् । डेङ्गुु नियन्त्रणका लागि चासो र चिन्ता देखाएका छैनन् । अचम्म त के भने जनताको स्वास्थ्यको जिम्मा लिएर बसेको स्वास्थ्य मन्त्रालयका मन्त्री, सचिव, पदाधिकारीहरू अनभिज्ञ जस्तै देखिएका छन् । तराई हुँदै पहाड चढिरहेको डेङ्गु नियन्त्रणका लागि स्वास्थ्य मन्त्रीले अहिलेसम्म औपचारिक रूपमा एक शब्द खर्चिएको सुनिएको छैन । आफ्नो मान्छेलाई कुन मालवाला स्वास्थ्य संस्थामा नियुक्ति गर्न पाइन्छ भन्नेतिर मात्र ध्यान दिँदा डेङ्गुको महामारीमा परेका सर्वसाधारणको बारेमा चिन्ता लिन नसकेको हो कि ? स

    • प्रकाशित मितिः भदौ १०, २०७६
    • २४८ पटक पढिएको
    • ब्लाष्ट खबर
  • सन्थाल बालबालिकाको शिक्षामा ध्यान पुर्याऔं

    ‘विद्यालय शिक्षामा सबैको समतामूलक पहुँच सुनिश्चिता हुने छ । कोही बालबालिका शिक्षाको पँहुचबाट बञ्चित हुने छैनन् ।’– यो सरकारको शिक्षा नीतिमा समावेश भएको विषय हो । त्यसो त सरकारले उसले अख्तियार गरेको नीतिलाई कार्यान्वयन गराउन वार्षिक विद्यालय भर्ना अभियान सञ्चालन गर्छ । भर्ना अभियानमा करोडौं खर्च गरेको छ । बालबालिका विद्यालय भर्ना भएको तथ्याङ्क पनि अवखारहरूमा आउने गरेका छन् । बालबालिकाहरुलाई विद्यालयमा आकर्षित गर्न खाजा कार्यक्रम, पोषण जस्ता कार्यक्रम पनि गरिरहेको छ । तर सरकारले सञ्चालन गरेका यस्ता कार्यक्रमले सरकारको नीति तथा घोषणालाई घखाउ नपुर्याउनु विडम्बना हो । सरकारले गरेक

    • प्रकाशित मितिः भदौ ९, २०७६
    • १७६ पटक पढिएको
    • ब्लाष्ट खबर
  • चाहँदा नहुने के रहेछ ?

    ‘जहाँ इच्छा, त्यहाँ उपाय’ यो आहान नेपाली समाजमा लोकप्रिय छ । भन्नुको तात्पर्य इच्छा गरेमा उपाय अनेक हुन्छन् भन्ने हो । गरे, असम्भव रहेनछ भन्ने प्रमाणित सुनसरीको वराहक्षेत्र नगरपालिका–२ को प्राथमिक स्वास्थ्य केन्द्रले गरेको छ । जहाँ निःशुल्क ओपिडी सेवा दिइएको छ । नागरिकले पाउने आधारभूत आवश्यकतामध्येको स्वास्थ्य सेवा पनि एक हो । त्यो आवश्यकतालाई त्यहाँको केन्द्रले पूर्ति गरेको छ । चाहँदा नहुने केही रहेनछ भन्ने प्रमाणित स्वास्थ्य केन्द्रका डा. अनिल गिरीले गरेका छन् । देहातवासीलाई त्यो सुविधा प्रदान गर्न उनको इच्छाशक्ति नै काफी रह्यो । जसले आज हेल्थपोष्टबाट स्तरोन्नति गर्दै प्राथ

    • प्रकाशित मितिः भदौ ६, २०७६
    • २१४ पटक पढिएको
    • ब्लाष्ट खबर
  • समाजको जटिल रोग ठगी धन्दा

    पछिल्लो समय शहरमा ठगी धन्दा बढेको देखिन्छ । धरानमा सहकारी र सुनपसल खोलेर करोडौं ठगी गरेको घटनाको अनुसन्धान जारी छ । पूर्वका विराटनगर, झापालगायतका ठाउँमा पनि विभिन्न प्रकारका ठगी धन्दा दैनिकजसो सार्वजनिक भइरहेका छन् । सुनसरीको इटहरीमा केही समययता चेक बाउन्सबाट ठगी हुने गरेका घटना बढिरहेको प्रकाशमा आएको छ । यसरी लगातार ठगी घटना हेर्दा यो एउटा जटिल सामाजिक रोगका रूपमा विकास भइरहेको छ ।‘अरूले हात्ती चढे भन्दैमा आफू धुरी नचढ्नु’ भन्ने नेपाली उखानै छ । अर्को नेपाली उखान छ, ‘घाँटी हेरी हाड निल्नु’ दुवै उखानले आफ्नो जीवनशैली आफ्नो हैसियत अनुसार सञ्चालन गर्नुपर्छ भन्ने सन्देश दि

    • प्रकाशित मितिः भदौ ४, २०७६
    • ३२२ पटक पढिएको
    • ब्लाष्ट खबर
  • कोशी पीडितलाई न्याय कहिले ?

    २५ अप्रिल १९५४ मा भएको कोशी सम्झौता ६५ वर्ष पुगेको छ । भारतले आफ्ना विहारका नागरिक बाढीबाट सुरक्षित बनाउन सनुसरी र सप्तरीको बीचमा सप्तकोशी नदीमा ५६ ढोकाको व्यारेज बनायो । उक्त व्यारेज बनाउँदा नदीको आसपासमा बसेका हजाराँै मानिस विस्थापित भएका थिए । उनीहरूलाई क्षतिपूर्ति दिने भनेर सम्झौता त ग¥यो तर ६५ वर्षदेखि सम्झैेता कार्यान्वयन नहुनु विडम्बना हो । पुल निर्माणको क्रममा भारत सरकारले अधिग्रहण गरेको, कटान र डुबानमा परेको सयौं बिगाहा जग्गाको मुआब्जा भारत सरकारले दिने भन्ने कोशी सम्झौता भएको थियो । नेपाल र भारत सरकारबीच भएको कोशी सम्झौताअनुसार बूँदा नम्बर ३,८ र ९ तथा १९६६ मा संशोधित सम्झौताको बु

    • प्रकाशित मितिः भदौ २, २०७६
    • २३७ पटक पढिएको
    • ब्लाष्ट खबर
  • अस्पतालको फट्याइँमा प्रशासन मूकदर्शक

    फोहोर विसर्जन ठीक ठाउँमा नगर्ने नेपालको पुरानै रोग हो । स्थानीय तहमा फोहोर विसर्जनको समस्या व्यापक छ । त्यसमा अस्पतालहरू पनि पर्ने नै भए । अझ अस्पतालमा त विभिन्न प्रकारका फोहोरहरू निस्काशन हुन्छन् । जसलाई ठीक ठाउँमा विसर्जन गरिएन भने त्यसले रोगको ठूलै प्रकोप निम्त्याउँछ । दमकस्थित लाइफलाइन अस्पतालमाथि स्थानीयको यस्तै आरोप छ । अस्पताले परिसरभित्रै फोहोर जलाउँदा भाइरल ज्वरो, श्वासप्रश्वासमा समस्या निम्तिएको स्थानीयको जुन दाबी छ, त्यो केही हदसम्म अध्ययन, अनुसन्धानले पुष्टि पनि गरेको छ । अस्पतालजन्य फोहोरको विसर्जनमा लाइफलाइन अस्पताल प्रशासनले जुन उत्तर स्थानीयलाई दिएको छ, त्यो न्यायसङ्गत छैन । जल

    • प्रकाशित मितिः श्रावण ३१, २०७६
    • १६२ पटक पढिएको
    • ब्लाष्ट खबर
  • रानी–किमाथाङ्का सडक आयोजना ढिलाई किन ?

    भारतीय सिमानामा पर्ने विराटनगरको रानीदेखि चीनको सिमानामा पर्ने किमाथाङ्कासम्मको त्रिदेशीय व्यापारिक मार्ग विस्तार आयोजना प्रदेश १ को गौरवको आयोजना हो । रानीदेखि धरानसम्म ६ लेन र बाँकी २ लेनको हुने गरी सरकारले २०६९ सालदेखि आयोजना शुरु गरेको भए पनि आयोजनाको समयावधि सकिन लाग्दासमेत ५० प्रतिशत पनि काम हुन सकेको छैन । हुन त एडिबिको ऋण सहयोगमा देशभरि सञ्चालनमा रहेका आयोजनाहरु कतिपय असफल भएका छन् भने कतिपय कछुवाको गतिमा सञ्चालनमा रहेका छन् । एउटा प्रदेशको सम्वृद्धिको ढोका खुल्ने गौरवको आयोजनाको काम सन्तोषजनक नहुनुले प्रदेशको भविष्य उज्यालो मान्न सकिँदैन । धरानदेखि रानीसम्मको कुल ४९ किमी सडकमा ७ वर्ष

    • प्रकाशित मितिः श्रावण ३०, २०७६
    • २८७ पटक पढिएको
    • ब्लाष्ट खबर

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved