विजयपुर । दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रमा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन्।
नगरको आपत्कालीन व्यवस्थापन ब्युरोका अनुसार नाग्छु सहरको बाकेन काउन्टीमा बिहीबार राति १० बजेर ३३ मिनेटमा भूकम्प गएको हो। भूकम्पबाट घाइते भएकामध्ये ११ जनाको अवस्था गम्भीर र २१ जनाको अवस्था सामान्य रहेको छ।
शुक्रबार बिहान २ बजेर २५ मिनेटसम्मको विवरणअनुसार भूकम्पका कारण ३०० भन्दा बढी घर भत्किएका छन्। क्षतिको विस्तृत विवरण संकलन गर्ने काम भइरहेको अधिकारीहरूले जनाएका छन्।
प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्य जारी रहेको छ। उद्धार तथा राहतका लागि ३०० भन्दा बढी प्रहरी परिचालन गरिएको छ भने क्षेत्रीय अग्नि तथा उद्धार टोलीका ३४७ जनशक्ति परिचालन गरिएको छ । अनलाइन खबरको सहयोगमा































